होमपेज / राजनीति
हिमाल शर्मा फागुन १३ सल्यान ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले संविधान र देश बचाउनेसँग सहकार्य हुने बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समितिद्वारा आयोजित दोस्रो पूर्ण बैठक तथा स्ववियु विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । जुन व्यवस्था ल्याउनको लागि माओवादीले आन्दोलन गर्यो त्यही व्यवस्थाको खण्डन र विरोध गर्दा समस्या आएको बताउनु भयो ।
नेपाल काङ्ग्रेस सँगको गठबन्धन शेर बहादुर देउवाका कारण मात्र नभत्किएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय शक्ति र काङ्ग्रेसका केही नेताहरूका कारण देउवा सङ्कटमा परेकाले काङ्ग्रेससँगको गठबन्धन भत्किएको बताउनुभयो । शेर बहादुर देउवाले गठबन्धन भत्किनु दुःखद भएकाले आत्मा आलोचना गरेको बताउनुभयो । देउवाले गठबन्धन भत्किनु आत्मा आलोचना गर्नु स्वागत योग्य भएको र एमाले अध्यक्ष केपी ओलीले संसद्मा बोल्दै संसद् विघटन र मध्यावधि चुनावको घोषण गर्नु राम्रो भएको र पहिले पनि यस्ता कार्य भएको भन्दै आफ्नो बचाउ गर्नु भएकाले र सरकार पनि हस्तक्षेप गर्न खोजेकाले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको बताउनु भएको छ । माओवादी पार्टी संविधान र व्यवस्था प्रति इमानदारी छ अरुसगँ पनि इमानदारिता खोज्छ त्यो इमानदारी ता लागू गर्ने सँग सहकार्य गर्दा एमाले भन्दा काङ्ग्रेस सँग इमानदारिता भएको बताउनुभयो ।
विद्यार्थीलाई निर्देशन गर्दै स्ववियु केन्द्रित लाग्न आग्रह गर्नुभयो । यस्तै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृति बहादुर पुनले आजको विद्यार्थी भोलिको देश हाक्ने भएकाले आफ्ना गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पार्टीले जिल्लामा दुई महिने सङ्गठनका सुदृढ तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको बताउनु भयो । जिल्लामा प्राविधिक कारणले पार्टी कमजोर भए पनि जनमतका आधारमा बलियो भएको बताउनुभयो । यस्तै केन्द्रीय सदस्य तिलक मल्लले पार्टीको सबै भन्दा ठुलो हतियार विद्यार्थीहरू भएकाले सबैको ध्यान विद्यार्थीलाई आफूतिर केन्द्रित हुन आग्रह गर्नुभयो । विद्यार्थीले रचनात्मक र सामाजिक कार्यमा पनि लाग्न आग्रह गर्नुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य मान बहादुर मल्लले जिल्लाका सबै क्याम्पसमा स्ववियु निर्वाचन परिचालन कमिटी बनाइ स्ववियुका गतिविधिलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र भण्डारीले केन्द्रको बारेमा जानकारी गराउनु भएको थियो ।





.jpg)