ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा चुनावी रौनक, उम्मेदवार मत माग्दै गाउँ गाउँमा

  हिमाल शर्मा २०७९ कार्तिक २८ गते सोमबार १३:३६:०८ मा प्रकाशित

हिमाल शर्मा कात्तिक २८ सल्यान । चुनावी रौनक बढ्दै गएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको हो । मतदानको मिति नजिकिँदै गर्दा  सल्यानमा उम्मेदवार घर–घर,बस्ती–बस्तीमा चुनावी अभियान लिएर प्रचार प्रसारमा व्यस्त भएका छन् ।

चुनावी प्रचारप्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना योजना तथा प्रतिबद्धता मतदातालाई सुनाउँदै मङ्सिर ४ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्नका लागि आग्रह पनि गर्दै आएका छन् । एक सङ्घीय निर्वाचन क्षेत्र र २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा राजनीतिक दल र स्वतन्त्र गरेर सल्यानमा  १८ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर जनताको घरदैलोमा पुग्ने तथा आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने क्रम पनि बढेकै छ । निर्वाचन प्रचारप्रसारका क्रममा मतदातालाई रिझाउनका लागि कतिपय उम्मेदवारले भने मतदाताको खेतबारीमै गएर काममा सघाएका छन् भने कतिपय उम्मेदवार खेतबारीमै गएर मत मागिरहेका छन् । चुनावी प्रचारप्रसार सँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिन्हको विषयमा मतदाताहरूलाई जानकारी गराउँदै भोट माग्न थालेका छन् । मतदाता भेटघाटका क्रममा उम्मेदवारहरूले जनताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्नेदेखि पाँच वर्षको अवधिमा आफू र आफ्नो पार्टीले खेलेको भूमिकासमेत जनतालाई राख्ने गर्दै आएका छन् ।

विगतमा मतदाता भएर सही तरिकाले मत हाल्न नसक्दा बदर मत बढ्ने गरेको स्मरण गर्दै सल्यानमा गाउँ बस्तीमा गएर मतदाता शिक्षा सञ्चालन गर्ने गरेका गठबन्धनमा आबद्ध दलहरूले बत्ताएका छन् । 

गठबन्धन दलले समूह नै बनाएर आफ्नो पक्षमा आउने मत नबिग्रियोस् भनेर मतदातालाई सिकाउँदै हिँडेका हुन् । त्यस्तै बदर मत घटाउन भन्दै जिल्ला निर्वाचन कार्यालय सल्यानले पनि जिल्लाका सबै पालिकामा नमुना मतदाता शिक्षा सञ्चालन गरेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।  

चुनाव आउन अव केही  दिन बाँकी छ । सबै क्षेत्रमा चुनावी माहौल तातिएकै छ । दलका नेता तथा कार्यकर्ताहरू यति बेला आफ्ना पक्षका उम्मेदवारहरू जिताउनका लागि चुनावी प्रचारप्रसारमा व्यस्त छन् भने उम्मेदवारहरू मतदाताको मन जित्नका लागि विभिन्न एजेण्डा सहित घरदैलोमा व्यस्त देखिन्छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू घरदैलो केन्द्रित भएका हुन् । सल्यानका एक वटा प्रतिनिधि सभा क्षेत्र र २ वटा प्रदेश क्षेत्रका उम्मेदवार मतदाता भेटघाट र घरदैलो कार्यक्रम प्रतिस्पर्धात्मक रूपमा बढाई रहेका छन् । मतदाताको घर–घरमा पुगेर आफ्नो पक्षमा मत माग्दै हिँडिरहेको देखिदा चुनावी रौनक बढेको दृश्य देखिन्छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एकातिर पाँच दलीय गठबन्धनबाट सल्यानमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रकाश ज्वाला प्रदेशसभा सदस्य पदका उम्मेदवार (क) भीम प्रकाश शर्मा र (ख) सुरेश अधिकारी मैदानमा छन् भने एमालेको तर्फबाट प्रतिनिधि सभामा राजेन्द्र वीर राय र प्रदेश सभा (क) मा कुल बहादुर गिरी र प्रदेश सभा (ख) गुलाब जङ्ग शाह मैदानमा छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top