होमपेज / राजनीति
कात्तिक १४ सल्यान ।
सल्यान प्रदेश सभा (क) का मतदाताले यस पटक आफूले रोजेको सल्यानी जनताले खोजेको उम्मेदवार पाएकोमा खुसी व्यक्त गरेका छन् । प्रदेश सभा (क) का विभिन्न स्थानमा मतदाता सँग भेट गर्ने क्रममा धेरै जसो मतदाताले यस पटक आफ्नो क्षेत्रले न्याय पाएको बताएका छन् ।
सल्यान शारदा नगरपालिका वडा ६ वरला निवासी ६५ वर्षीय टोपेन्द्र प्रसाद गौतमले यस पटक सल्यानी जनताले न्याय पाएको महसुस गरेको बत्ताउनू भएको छ उहाँले भन्नुभयो यस पटक जिल्लाले विकास प्रेमी, समाजसेवी, सक्षम, निडर सल्यानको मुहार फेर्ने उम्मेदवार पाएको बताउनुभयो । उहाँले भन्नुभयो यस भन्दा पहिलेका सबै पाटीको उम्मेदवारहरूले जिल्लाको बारेमा खासै चासो नदेखाएको बत्ताउँदै अव अलि कति भएपनि केही आशा पलाएको उहाँले बताउनुभयो ।
एक्लै हुँदा पनि जित्ने राम्रो सम्भावना भए पनि झन् केन्द्रमा भएको बाम लोकतान्त्रिक गठबन्धनले जिल्लामा साझा उम्मेदवार बनाएकोमा झन् इट्टा थपिएकोमा खुसी व्यक्त गर्दै सल्यान क्षेत्र नम्बर १ का जनताले भारी मतले विजयी गराउनेमा आशावादी भएको बताउनुभयो ।
यस्तै शारदा नगरपालिका वडा नम्बर १५ निवासी लुब्ध कृष्ण भट्टराईले पनि खुसी व्यक्त गदै विकास प्रेमी उम्मेदवार पाएकोमा आफू खसी भएको बताउनुभयो । उहाँले भन्नुभयो यस पटक माओवादी पार्टीले राम्रो उम्मेदवार छनोट गरेकोमा पार्टी लगायत टिकट दिलाउने सवैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उम्मेदवारलाई सल्लाह सुझाव दिँदै सल्यानी जनताले भारी मतका साथ विजय गराउने र सल्यानी जनताले दिएको मतलाई सम्मान गर्दै सल्यानी जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो तपाइ सल्यान क्षेत्र नम्बर १ को मात्र उम्मेदवार भए पनि विकास निर्माणका काममा आफ्नो क्षेत्रलाई मात्र नभएर सिङ्गो सल्यान जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सल्यान शारदा नगरपालिका वडा नं. १४ का मतदाताले दिएको सुझावको रुपमा लिन आग्रह गर्नुभयो । मतदाताको सल्लाह सुझाव लाई आत्मसाथ गर्दै आफूले काम गर्ने प्रदेश सभा (क) संयुक्त गठबन्धनका साझा उम्मेदवार भीम प्रकाश शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो आफूले जनताको दिएको मतलाइ सम्मान गर्दै काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो आफूले सरकारमा नभए पनि सल्यानको विकासको लागी महत्त्वपूर्ण काम गरेको बताउनुभयो । कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको राजनैतिक सल्लाहकार हुँदा जिल्लाको लागी महत्त्वपूर्ण काम गरेकाले सल्यान प्रदेश सभा ( क) का जनताले भारी मतका साथ विजयी गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो आफू लगायत बाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार लाई भारी मतका साथ विजय गराए मात्र जिल्लाको विकास निर्माणमा काम गर्न सजिलो हुने बताउनुभयो । प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवार प्रकाश ज्वाला लाई कलम चिन्ह र आफला गोलाकार भित्रको हँसिया हथौडामा मत दिएर जिताउन मतदाता सँग आग्रह गर्नुभयो ।





.jpg)