होमपेज / राजनीति
हिमाल शर्मा कात्तिक १२ सल्यान ।
सल्यान जिल्लामा क्रियाशिल गठबन्धनका साझा उम्मेदवारहरूले जिल्लामा हुने सम्पूर्ण विकास निर्माणका काममा साझेदारी गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार सदरमुकाम खलङ्गामा भएको गठबन्धन दलहरूको संयुक्त जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सल्यान जिल्लाका प्रत्यक्ष तथा समानुपातिकका उम्मेदवारहरूले जिल्लामा हुने सम्पूर्ण विकास निर्माण काममा सँगै हातेमालो गरेर अगाडी बढ्ने बत्ताएका छन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप–महासचिव तथा प्रतिनिधि सभाका उम्मेदवार प्रकाश ज्वालाले प्रतिगमन विरुद्धको भण्डाफोर कर्णालीबाट भएको बत्ताउनुभयो ।
गठबन्धनमा आबद्ध भएका दलहरूले ल्याएको व्यवस्था र संविधान माथि केपी वलीले गरेका प्रतिगमन विरुद्ध लाई परास्त गर्न सबैले सहयोग गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । हिजोका दिनमा राजतन्त्रको विरुद्धमा होस, पञ्चायत विरुद्धमा होस या केपी वलीले विघटन गरेको संसद् विघटनको विरुद्धमा गठबन्धनका आबद्ध सबै दलहरूको महत्त्वपूर्ण भूमिका भएको बताउनुभएको छ ।
यो गठबन्धन चुनाव जित्नको लागी मात्रै नभएर संविधानको रक्षा स्थिर सरकार र विकास निर्माणको लागी भएकोले सबैले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ । सबैको साथ सहयोगले मात्र जिल्लाको मुहार फेर्ने भएकाले सबैले काँधमा काँध मिलाउन आग्रह गर्नुभयो । राप्ती राजमार्गको कामलाई छिटो भन्दा छिटो समाधान गर्ने दुई वर्ष भित्रमा सल्यानका सबै बस्तीमा बिजुली बत्ती बाल्ने, मेघा प्रोजेक्टका कामलाई यथा शीघ्र अगाडी बढाउने जिल्ला अस्पताल, पालीका अस्पतालका कामलाई अगाडी बढाउने, शारदा नदिका तडवन्धलाई निरन्तरता दिने रोजगारीमा समान व्यवहार गर्ने, कुनै ठाउँमा अनियमितता नगर्ने ज्वालाले बत्ताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा (क) का उम्मेदवार भीम प्रकाश शर्माले आफू क्षेत्र नम्बर १ को उम्मेदवार भए पनि जिल्लाको विकास निर्माण तथा रोजगारीका काममा दुवै क्षेत्रलाई समान व्यवहार गर्ने बत्ताउनुभयो । जिल्ला स्तरका नेता कार्यकर्ता लाई गठबन्धनका औचित्य र आवश्यकताको बारेमा जानकारी गराउँदै सबैले बस्ती स्तर तथा टोल स्तरमा यसलाई बुझाउन आवश्यक रहेको समेत बत्ताउनुभयो । सल्यानका दुवै क्षेत्रका नेता कार्यकर्ता लाई तिन वटै उम्मेदवार आफ्ना साझा उम्मेदवारको रुपमा हेर्न र काम गर्न आग्रह गर्नुभयो । यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा प्रदेश सभा (ख) का गठबन्धनका साझा उम्मेदवार सुरेश अधिकारीले प्रतिगमनलाई परास्त गर्न र संविधानको रक्षा गर्न गठबन्धनका आवश्यकता भएको बत्ताउनुभयो ।
प्रकाश ज्वालाले, केपी वलीले व्यवस्था उल्ट्याउन र संविधान मास्ने कामका विरुद्धको भण्डाफोर गरेकोमा उच्च सम्मान गर्नभयो । आफूले शारदा नगर पालिकाको नगर प्रमुख हुँदा कसैलाई पनि नराम्रो व्यवहार नगरेको वताउदै प्रदेश सभा सदस्य भए पछि पनि सबै लाई समान व्यवहार गर्ने बत्ताउनुभयो । जिल्लाको विकास निमार्णका काम होस् या कुनै पनि रोजगारीको अवसरको काम होस सबैलाई समान रूपले हेर्ने र समान रूपले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीका पालीका, जिल्ला प्रदेश तथा केन्द्रका नेताहरूको सहभागिता रहेको थियो नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष हरि के.सी ले कार्यक्रमको स्वागत मन्तव्य राख्नु भएको थियो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुने कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभा अध्यक्ष नेपाली कांग्रेसका जिल्ला सभापति केश बहादुर विष्टले गर्नुभएको थियो ।





.jpg)