होमपेज / राजनीति
पदम थापा जेठ ९सल्यान
बनगाड कुपिण्डे नगरपालिका ८ का नव निर्वाचित जनप्रतिनिधिहरुले आजबाट पदभार ग्रहण गरेका छन् । नव निर्वाचितत वडाध्यक्ष सहित पाँचै जना प्रतिनिधिहले पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण पछि बोल्दै वडाध्यक्ष रुद्र बहादुर परियारले अबको ५ वर्षसम्म जनताको सेवामा समर्पित हुने बताए । बिकासका काममा बाटो , पानी , बत्ती मात्र नभएर शिक्षा , स्वास्थ्य , कृषि , मा पनि विशेष भुमिका खेल्ने उनले बताए ।
चुनावको समयमा एक पार्टीको उम्मेदवार भएपनि निर्वाचित भइसकेपछि सबैको साझा अध्यक्ष भएकाले कुनै आग्रह पूर्वाग्रह नराखी जनताको सेवा गर्ने दावी गरे । कुनै पनि काम गर्दा कसैलाइ पनि पक्षपात नगरी सहज र सुसाशन युक्त तरिकाले काम गर्ने उनको भनाई छ ।





.jpg)