ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा ठुला दलका ठुला नेताले नै चुनावमा पराजित

  हिमाल शर्मा २०७९ जेठ ६ गते शुक्रबार १२:५९:३६ मा प्रकाशित

हिमाल शर्मा जेठ ६ सल्यान । 
सल्यानमा क्रियाशिल राजनीतिक  दलका ठुला नेताहरु नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् ।  जिल्लाका ठुला राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष तथा जिम्मेवार नेताहरु नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । 

नेपाली कांग्रेसको १४औं महाधिवेशनमामा थोरै मतले धुर्वराज पुरी सँग विजयी भएका नेपाली कांग्रेसका जिल्ला सभापति केश वहादुर विष्टले छत्रेश्वरी गाउपालिका सल्यानमा नेकपा एमालेका जिल्ला सचिव ओज बहादुर बुढाथोकीसँथग १ हजार २ सय ६९ मतले पराजित भएका छन्  । नेकपा एमाले जिल्ला सचिव ओज वहादुर वुढाथोकीले ३ हजार ८ सय ९२ मतप्राप्त गरे भने नेपाली कांग्रेसका जिल्ला सभापति केश वहादुर विष्टले २ हजार ६ सय २३ मत प्राप्त गरे  । 

कांग्रेसका जिल्ला सभापति समेत रहेका केशबहादुर विष्ट चुनाव लडेपछि छत्रेश्वरीलाई चासोका साथ हेरिएको थियो । विष्ट निवर्तमान जिल्ला समन्वय समिति सल्यानको प्रमुख समेत हुन्  । जिल्ला समन्वय समितिको प्रमुखबाट राजिनामा दिएर छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लडेका विष्ट गाउँपालिका अध्यक्षमा पराजित भए भने उनकै वडामा कांग्रेसले जित हासिल गर्न सकेन ।

यस्तै वनगाड कुपिण्डे नगरपालिकामा पनि नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुन  पराजित भए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेससग गठवन्धन गरेर थोरै मतले विजयी भएका पुन यस पटक भने पराजित भएका छन् ।
 नेकपामा ओवादी केन्द्रका कर्णली प्रदेश उपाध्यक्ष कर्ण वहादुर वुढाथोकीसँग  जिल्ला अध्यक्ष गोविन्दकुमार पुन २ हजार ७ सय ४६ मतले पराजित भएका छन् । कर्ण वहादुर वुढाथोकीले ७ हजार ४ सय ६६ मत ल्याएका छन् भने पुनले ४ हजार ७ सय २० मतप्राप्त गरे । २०७४ को स्थानीय चुनावमा माओवादीका उम्मेदवार  बुढाथोकीलाई पराजित गरी मेयर पदमा निर्वाचित भएका पुन यस पटक भने  बुढाथोकीसँगैफराकिलो मतान्तरले पराजित भए ।

   यस्तै नेकपा एमालेका कर्णली प्रदेश कमिटी मनोज प्रधान पनि पराजित भएका छन् । नेपाली कांग्रेसका सल्यानका सवचव प्रकाश भण्डारीसँग १ हजार १ सय ९० मतले  प्रधान पराजित भएका हुन । कांग्रेसका उम्मेदवार प्रकाश भण्डारीले ६ हजार १ सय २७ मतल्याएर विजयी भएका हुन । एमालेको उम्मेदवार मनोज प्रधानले ४ हजार ९ सय ३७ ल्याए । प्रधान २०७४ को स्थानीय निर्वाचनमा राप्रपाको तर्फवाट शारदा नगरपालिकाको मेयरमा उठेका थिए   

यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुनले पनि पराजित भएका छन् । जिल्लाको बागचौर नगरपालिकाको मेयर पदमा उठेका पुन नेपाली कांग्रेसका जनक गौतमसँग ४२३ मतको अन्तरले पराजित भए । 
कांगेसका गौतमले ६ हजार २७ मत ल्याएर निर्वाचित हुँदा माओवादीका पुनले ५ हजार ५ सय ९४ मत प्राप्त गरे । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top