ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको दार्मा गाउँपालिका माओवादीको क्लिन स्वीप

  हिमाल शर्मा २०७९ जेठ ४ गते बुधबार ०७:१२:२८ मा प्रकाशित

जेठ ४,सल्यान 
सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिन स्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्ष र छ वटै वडा जितेर माओवादीले दार्मामा जित दर्ता गर्दै पहिलो पटक क्लिन स्वीपको इतिहास रच्न सफल भएको हो  । 

अध्यक्षमा माओवादीका निम बहादुर  केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे । रामचन्द्रलाई १हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन । 
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै जुना मल्ल ४४६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्धन्द्धी  नेपाली कांग्रेसकी उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याएकी छन् । मल्लले १ हजार ४ सय ५२ मतले चन्दलाई पराजित गरेकी हुन । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा वडा न १ जितेको थियो तर यस पटक माओवादीले जित्न सफल भएको छ । 
६ वडा रहेको दार्मामा वडा न १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखर बहादुर खत्री, ४ मा चन्द्र बहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top