होमपेज / राजनीति
हिमाल शर्मा वैशाख २५,सल्यान
नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाले केन्द्रको सिंहदरबार गाउँगाउँमा ल्याएकोले जनताले भने अनुसारको काम गर्नु पर्ने बताएका छन् । पहिले गाउँमा सरकारको अनुभुती गर्न नपाएको र कम्युनिस्टको पालादेखि काठमाडौको अधिकार गाउँगाउँमा आएको बताए ।
आइतबार बागचौर नगरपालिका ६ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ज्वालाले जनताका जनप्रतिनिधिले कुनै पनि ठाउँमा गल्ती गरे जनताले तिरस्कार गर्ने भएकाले कसैलाई पनि गल्ती गर्न छुट नभएको बताए । बागचोरमा गठबन्धनको जित सुनिश्चित भई सकेको उनको दावी छ । बिश्वासलेनै सबैको मनजित्ने भएकाले सबैले मत दिन आग्रह गरे। केन्द्रमा केपीको अत्याचार गरेकाले बिद्रोह गरेको बताउँदै उनले केपी वलीले इतिहासले जन्माएको कम्युनिस्ट पार्टीलाइ ध्वस्त पारेको आरोप लगाए । आफुले सत्तामा हुँदा केन्द्र प्रदेश र गाँउ नगरमा राम्रो कामको थालनी भएको समेत दावी गरे ।
मनमोहन अधिकारीका पालामा जतनाले राहातको अनुभुती गर्न पाएकाले सबै मतदाताले काम गर्ने पार्टीलाइ मतदिन आग्रह गरे । कम्युनिस्ट पार्टीको सरकारले दलित,महिला अल्पसंख्यक समुदायको लागी लोकप्रिय काम गरेको उनको भनाई छ ।





.jpg)