ट्रेण्डिङ

होमपेज / राजनीति

शारदामा संयुक्त गठवन्धनको ३६ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक

  हिमाल शर्मा २०७९ बैशाख २२ गते बिहीबार ११:१५:३८ मा प्रकाशित

हिमाल शर्मा वैशाख २२ सल्यान । 
सल्यानको शारदा नगरपालिका संयुक्त गठवन्धनका उम्मेदवारहरुले समृद्ध नगरपालिका निर्माणको लागी ३६ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तर्फवाट वनेको शारदा नगरपालिका स्तरीय निर्वाचन मुल समितिले वुधवार पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिवद्धता पत्र सार्वजानिक गरेको हो । 

गठवन्धनले शारदा नगरपालिकामा राम्रो सम्भावना हुदा हुदै पनि पहिलेका जनप्रतिनिधिले काम गर्न नसकेको वताएका छन् । प्रतिवद्धता पत्रमा नगरको सुशासन,कृषि,शिक्षा स्वास्थ्य र समाजिक िवकासको कुरालाई महत्व दिएको वताएको छ । एक वडा एक नमुना उत्पादन कार्यक्रम, १५ वडा १५ प्रतिवद्धता अन्तरगत गौरव गर्न लाएक १५ वटा गौरवका आयोजना संचालन गर्ने सम्मका प्रतिवद्धता सार्वजानिक गठवन्धनले गरेको छ । हरेक घरधुरीलाई १ सय युनिट सम्म विधुतमा छुट दिने सामाजिक सुरक्ष भत्तामा नगरको सहभागीता एवं सुलभ रुपमा सामाजिक सुरक्षाभत्तालाई कार्यान्वयन गर्ने वताइएको छ । 

पत्रकारहरुको जिज्ञासालाई सम्वोधन गर्दै नगर प्रमुखका उम्मेदवार प्रमोद कुमार श्रेष्ठले नगरपालिकालाइ देशकै नमुनान गरपालिका वनाउने लक्ष आफ्नो टिमले लिएको वताए । शारदालाई हरावरा र सुन्धर नगर वनाउन आफुले हदै सम्मको पहलगर्ने उनको भनाई छ । यस्तै उप प्रमुखका उम्मेदवार रमेश कुमार गौतमले नगरपालिको आयश्रोत वृद्धिको लागी नगरपालिका भित्रका सम्भाव्यतालाई अध्ययन गरी गरु योजना वनाउने बताए । 

केन्द्रवाट आउने वजेटले मात्रै नगरपालिलाई भने जस्तो नगरपालिका वनाउन नसकिने वताउदै संघ प्रदेश, र दातृ निकाय सग हातेमालो गर्दै अगाडी वढेमात्र यो सम्भवहुने वताउनुभयो । प्रमुखवजार हरुलाई व्यवस्थीत रुपमा परिचान गरीने र नगरपालिका भित्रका मुख्य सडकलाई कालोपत्रे गरिने समेत उनले बताए । नगरपालिकामानगर छात्रवृत्तिको स्थापना गरी हरेक शैक्षिक सत्रमा ५ जना वद्यार्थीलाई छात्रवृत्तिको व्यस्था गरीने समेत आफ्नो टिमले लिएको वताए । नगरपालिकालाई सुन्धर नगर वनाउनको लागी स्वच्छ शारदा हरीयाली शारदा वनाउदे लक्ष्य लिएको प्रतिवद्धतापत्रमा उल्लेख गरिएका छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top