होमपेज / राजनीति
हिमाल शर्मा वैशाख २१ सल्यान ।
नेपाली कांग्रेसको शारदा तर्फवाट नगरपालिकाको उम्मेदवार वनेका प्रकाश भण्डारी र सुस्मीता सापकोटा सुनारले २८ बुँदे घोषणपत्र सार्वजानिक गरेका छन् । शारदा नगरपालिकालाई समृद्ध नगरपालिका र हराभरा नगरपालिका वनाउने सम्मका बुदाँ घोषणा पत्रमा उल्लेख गरिएको छ ।
सुशासन युक्त एवं भ्रष्ट्राचार मुक्त नगरपालिका,परिकृष्त र सुसंस्कृत समाज निर्माण गर्नका निम्ति नगरबाट वितरण गरिने वितरणमुखी योजनामा समावेशी समता र समानताको आधारमा गरिने,गुणात्मक शिक्षा प्रदान गर्नको लागि शिक्षा क्षेत्रमा आधुनिक नव प्रविधियुक्त भौतिक निर्माण गरिनुका साथै नगरपालिकाले आफ्नै शिक्षा नीति बनाउने घोषणा पत्रमा उल्लेख गरिएको छ । यातायातमा सबैको पहँुच र अपनत्व बढाउनको लागिन गरका प्रमुख स्थानहरुमा नगरबस संचालन गरिनुका साथै जेष्ठ नागरिकका लागि निशुल्क सेवा र विद्यार्थीहरुका लागि४५ प्रतिशत छुट सेवा प्रदान गरिने उल्लेख गरिएको छ ।
नगरपालिकाबाट दिइने सेवा वापत लिइने कर प्रणालीमा सुधार गरिनुको साथै सबै खालको कर तिर्न र प्रमाणपत्र लिनका लागि अनलाइन प्रणाली लागुु गरिने ,कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि यान्त्रिकीकरण नव प्रविधिको विकासलाई आफैं तथा सरोकारवाला निकायसँग समन्वय गरी ठूला तथा साना परियोजनाहरु भित्रयाउनुका साथै साना तथा मझ्यौला उद्योग व्यवसाय सञ्चालन गर्ने,‘पर्यटनको विकास आर्थिक सम्बृद्धिको आधार’मूर्त रुप प्रदान गर्नको लागि धार्मिक तथा सांस्कृतिक मठ मन्दिर एवं प्राकृतिक सम्पदाहरुको संरक्षण सम्वर्धन र विकासमा जोड दिने (खैरावाङ्गमन्दिरलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नको लागि सहज र व्यवस्थित बाटोको निर्माण गर्ने, धार्मिक संग्राहलयको निर्माण गर्ने लगायतका रहेका छन् ।
लोकतान्त्रिक समाजवाद र राष्ट्रियता हाम्रो आदर्श
स्थानीय निर्वाचन २०७९
सल्यान जिल्लाकै सुन्दर नगर शारदा नगरपालिका अन्तर्गत नेपाली काँग्रेसबाट नगर प्रमुखकाउम्मेदवार प्रकाश भण्डारी तथा सम्पूर्ण उम्मेदवारहरुबाट शारदा नगरबासीहरुमा हार्दिक निवेदन गर्दै हाम्रा प्रतिबद्धताहरु सहितको घोषणा पत्र ।
शारदा नगरपालिकालाई सुशासनयुक्त एवं भ्रष्ट्राचारमुक्त बनाउने ।
परिकृष्त र सुसंस्कृत समाज निर्माण गर्नका निम्ति नगरबाट वितरण गरिने वितरणमुखी योजनामा समावेशी समता र समानताको आधारमा गरिने छ ।
गुणात्मक शिक्षा प्रदान गर्नको लागि शिक्षा क्षेत्रमा आधुनिक नव प्रविधियुक्त भौतिक निर्माण गरिनुका साथै नगरपालिकाले आफ्नै शिक्षा नीति बनाउने छ ।
यातायातमा सबैको पहँुच र अपनत्व बढाउनको लागि नगरका प्रमुख स्थानहरुमा नगरबस संचालन गरिनुका साथै जेष्ठ नागरिकका लागि निशुल्क सेवा र विद्यार्थीहरुका लागि ४५ प्रतिशत छुट सेवा प्रदान गरिने छ ।
नगरपालिकाबाट दिइने सेवा वापत लिइने कर प्रणालीमा सुधार गरिनुको साथै सबै खालको कर तिर्न र प्रमाणपत्र लिनका लागि अनलाइन प्रणाली लागुु गरिनेछ ।
कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि यान्त्रिकीकरण नवप्रविधिको विकासलाई आफैं तथा सरोकारवाला निकायसँगै समन्वय गरी ठूला तथा साना परियोजनाहरु भित्रयाउनुका साथैसाना तथा मझ्यौला उद्योग व्यवसाय सञ्चालन गर्ने ।
‘पर्यटनको विकास आर्थिक सम्बृद्धिको आधार’ मूर्त रुप प्रदान गर्नको लागि धार्मिक तथा सांस्कृतिक मठ मन्दिर एवं प्राकृतिक सम्पदाहरुको संरक्षण सम्वर्धन र विकासमा जोड दिने (खैरावाङ्ग मन्दिरलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नको लागि सहज र व्यवस्थित बाटोको निर्माण गर्ने, धार्मिक संग्राहलयको निर्माण गर्ने, धार्मिक सत्कार तथा व्यवस्थापकीय पक्षको लागि नजिकको बस्तीहरुमा पर्यटकीय तालिमको सञ्चालन गर्ने, स्वच्छ सफा र पर्यटनमैत्रीबस्तीको विकास गरिहोमस्टे संचालन गर्ने र धार्मिक पार्कको निर्माण गर्ने । तथा श्रीनगरमा खैरावाङ प्रवेशद्वार निर्माण गर्ने ।
आस्था अनुसारको मठमन्दिर प्रार्थना गृहको निर्माण तथा संरक्षण गर्ने ।
“गाउँ गाउँमा जाउँ, आर्थिक पूर्वाधारको निर्माण गरौं” नेपाली काँगे्रेसको समाजवादको परिकल्पनालाई साकार बनाउनको लागि कृषि तथा पशुजन्य व्यवसायलाई पकेट क्षेत्रको रुपमा पहिचान गरी व्यवसायीक रुपमा उत्पादन गर्ने बहुमूल्य खालका जडिबुटि तथा पशुजन्य बस्तुको उत्पादनमा बढवा दिने ,माटो र भौगोलिक बनावट सुहाउँदो खेती विकास गरिने ।
कृषि उत्पादकत्वमा बुद्धि गर्नको लागि व्यवस्थित सिंचाई कुलो निर्माण थोपा सिंचाई परियोजना बर्षे पानी संकलन केन्द्रको निर्माण गरिने साथै कृषि व्यवसायमा लागेका किसानहरुका लागि विद्युत महसुलमा ५० प्रतिशतनगरपालिकाले व्यवस्था गर्ने ।
स्वस्थ्य जीवन, सुखी जीवन मानवीय विकासको पहिलो आधार भएकोले नगरको बिच केन्द्रमा आधुनिक प्रसुति गृह निर्माण , प्रत्येक वडामा ६÷६ महिनामा निशुल्क स्वास्थ्य (स्वास्थ्य विशेषज्ञ सहित) शिविर सञ्चालन प्रत्येक नगरबासीको निशुल्क स्वास्थ्य विमा, वडा वडामा एम्बुलेन्स सेवा सञ्चालन जिल्ला अस्पतालमा व्लड बैंक स्थापना, दीर्घ तथा क्यान्सर,मृगौला पीडित जस्ता विरामीहरुको लागि डाक्टरको सिफारिसमा प्रतिव्यक्ति रु.१ लाख सम्म विरामीलाई सहुलियत प्रदान गरिने ।
नगर वासीलाई स्वस्थ, तन्दुरुस्त राख्नको लागि सार्वजनिक ठाँउहरुमा खुल्ला फिटनेस पार्क स्थापना गरिने ।
बिजुली बत्ती नपुगेको ठाउँ पहिचान गरी त्यस क्षेत्रमा विजुली बत्तीको व्यवस्था गरी उज्यालो शारदा नगरपालिका घोषणा गरिनेछ ।
नेपालकै प्रख्यात अदुवा क्षेत्र माल्नेटामा अदुवा प्रशोधन केन्द्रको स्थापना गर्ने तथा शित भण्डार केन्द्र (कोल्ड स्टोर) व्यवस्था गर्ने ।
शारदा नगरपालिकामा प्राविधिक व्यवहारिक सिपयुक्त दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउने खालको शैक्षिक वातावरण निर्माणमा नगरपालिकाको विशेष पहल रहने ।
महिला सशक्तिकरण, समान सहभागिता, आत्मनिर्भर र आय आर्जनमूलक सिपयुक्त तालिममा विशेष प्रोत्साहन गर्ने ।
युवा स्वरोजगारलाई प्राथमिकतामा राख्दै विभिन्न खालका (सिपयुक्त) छोटो अवधिका तालिमको व्यवस्था गर्ने जसद्धारा दक्ष, आत्मनिर्भरता र स्वाभलम्वनयुक्त युवा तयार गर्नको लागि ‘नगरप्रमुख स्वरोजगार कार्यक्रम’ संचालन गरिने ।
छुवाछुतमुक्त धार्मिक सहिष्णुता, सद्भावनायुक्त र लैङ्गिक समानता र समावेशी समाजको निर्माणमा नगरपालिकाको विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
शारदा अक्षयकोषको स्थापना गरी दलित, गरिब, अल्प संख्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिनेछ ।
‘स्वच्छ तथा स्वस्थ्य खानेपानी र खुल्ला चौडा सडकको निर्माण सम्पूर्ण नगरबासीको सञ्चारमा पहँुच’ प्रत्येक बस्तीमा स्वच्छ, स्वस्थ्य खानेपानी उपलब्ध गराउनुको साथै चौडा सडकको विस्तार र विकास गर्ने नगरपालिकाबाट दिइने सेवा सुविधाहरुमा सबैको पहुँच बढाउनको लागि सहायता कक्षको स्थापना गर्ने ।
२१ औं शताव्दी विज्ञान र प्रविधिको युुग सापेक्ष शारदा नगरपालिकालाई प्रविधि मैत्री र डिजिटल नगरपालिकाका रुपमा रुपान्तरण गरिनेछ ।
नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भक्ता प्रत्येक लक्षित समूह
(ज्येष्ठ नागरिक, एकल महिला, र अपाङ्ग) लाई घरघर, टोलटोलमा गएर वितरण गरिने)
शान्ति सुरक्षाका लागि नगरभित्रका प्रमुख बजारहरुमा सिसि क्यामेरा जडान गरिनुुका साथै नगर प्रहरीको स्थापना गर्ने ।
सुन्दर, सफा, व्यवस्थित, हराभरायुक्त शहर निर्माण गर्नका लागि नेवा संस्कृतिको पवद्र्धन गर्दै सदरमुकाम खलंगा बजारलाई पहाडी हराभरा तथा व्यवस्थित शहरको रुपमा विकास गर्ने । श्रीनगर बजारमा अत्याधुनिक बसपार्क निर्माण गरिनुुका साथै जिल्लाको प्रमुख नदी शारदालाई संरक्षण गर्ने ।
नगरपालिकामा भएका नतिजाका आधारमा उत्कृष्ठ विद्यार्थी र विद्यालय, कार्यसम्पादनका आधारमा उत्कृष्ठ शिक्षक, कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति लाई प्रोत्साहन स्वरुप हरेक वर्ष पुरस्कृत गरिने ।
प्राकृतिक प्रकोपबाट हुुने जनधनको क्षतिलाई न्युनिकरण गर्नका लागि राहत तथा व्यवस्थापनका कार्यक्रमहरुको प्याकेज तय गरिने ।
सल्यान जिल्लाकै सुन्दर नगर शारदा नगरपालिकामा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार नगर प्रमुख प्रकाश भण्डारी तथा सम्पूर्ण उम्मेद्वारहरुलाई अत्याधिक मतकासाथ विजयी गराउन् हुुन सम्पूर्ण शारदा नगरबासीहरुमा हार्दिक निवेदन गर्दै हाम्रा प्रतिवद्धताहरु :
शून्य भ्रष्ट्राचारयुक्त नगर निर्माण
स्वच्छ सफा र वातावरण मैत्री नगरको निर्माण
पारदर्शी उत्तरदायी र जवाफदेही प्रशासनिक प्रणालीको विकास
वातावरण मैत्री सदरमुकाम केन्द्रित चौडा सडकको निर्माण
छुवाछुतमुक्त, सदभावना र सहिष्णुतायुक्त समाज निर्माणमा जोड
अवसर र सेवामा सबैको पहुँच
सेवामुलक कर प्रणालीमा सुधार
धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण, सम्वर्धन एवं प्रबद्र्धन
गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, उर्जा, सञ्चार र यातायातमा सबै नगरबासीको समतामूलक पहुँच
युवा स्वरोजगार कार्यक्रम सञ्चालन
दिगो विकासको अवधारणालाई मध्यनजर गर्दै नगरक्षेत्रको पर्यावरण, वन पैदावार, नदी, खोला, पोखरी र खनिज सम्पदाको संरक्षण
प्रविधिमैत्री डिजिटल नगरको निर्माण
स्रोत र साधनहरुको न्यायोचित वितरण
समाजमा रहेका विद्यमान समस्या तथा हरेक प्रकारका द्वन्द व्यवस्थापन
प्राकृतिक विपद् जोखिम न्यूनिकरण तथा राहत तथा पुर्नस्थापना





.jpg)