होमपेज / राजनीति
हिमाल शर्मा वैशाख १६ सल्यान ।
नेकपा माओवादी केन्द्रको तर्फबाट बागचौर नगरपालिकाका उम्मेदवारहरूले बागचौर नगरपालिका सल्यानलाई माओवादी मय .बनाउने उद्घोष गरेका छन् । गाउँमा मतदाताहरुसग मत माग्दै उनीहरूले यस्तो बत्ताएका हुन् । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य,सल्यान जिल्ला संयोजक तथा बागचौर नगरपालिका मेयरका उम्मेदवार कृति बहादुर पुन प्रकाण्डले नेकपा माओवादी केन्द्रको विरासतलाई कमजोर हुन नदिने बत्ताउनुभएको छ । सल्यान जिल्ला माओवादी केन्द्रको किल्ला भएकोले कुनै पनि उम्मेदवारलाई हार्न छुट नहुने बताए ।
जिल्लामा माओवादी केन्द्रको आफ्नो महत्त्व भएकाले सल्यानी जनताले त्यही अनुसार माओवादी लाई मुल्याङकन गरेको समेत उनको भनाई छ । बागचौरबाट माओवादी आन्दोलनमा लागेका धरै व्यक्तिहरूले पार्टीका लागी बलिदानी गरेकोले, ती बलिदानी गर्ने सयौँ सहिदहरूले वाकेको सपना पुरा आफ्नो पार्टीले जिते मात्र पुरा हुने बताए । जिल्लाको बागचौर नगरपालिका इतिहासले जन्माएको नगरपालिका हो, यहाँ वाट धेरै सहिद,बेपत्ता,घाइते भएका छन् ती सबैको सपनालाई पुरा गर्नको लागी पनि आफ्नो पार्टीलाई मतदान मतदातालाई आग्रह गरे। राता मान्छेहरूले जन्माएको नगरपालिका भएकोले बागचौर नगरपालिका लाई जिल्लाकै नमुना नगरपालिका बनाउने लक्ष्य आफ्नो पार्टीले लिएको समेत बताए ।
यस्तै नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश सदस्य तथा बागचौर नगरपालिकाका उप–प्रमुखका उम्मेदवार सुन्नीमा डिसी वलीले जसले बच्चाको जन्मिदिएको सम्पूर्ण अधिकार उसैको हुने भएकाले यो व्यवस्था माओवादी केन्द्रले ल्याएकाले त्यसको हिस्सेदार माओवादी केन्द्र मात्र भएको दाबी गरिन । हिजो निरङकुस तानासाहीको अन्त्य गर्नको लागी माओवादीले बन्दुक वाक्नुपरेको समेत उनको भनाई छ ।
समावेशी सङ्घीयता, धर्मनिरपेक्षता, लगाएका जति परिवर्तन भएका छन् ती सबै व्यवस्था माओवादीकै कारणले आएकाले सबैले फेरी माओवादी केन्द्रलाई जिताउन सबै आमाबुवा, दाजुभाइ दिदिवहिनीहरुलाई आग्रह समेत गरिन । आफ्नो पार्टीबाट केही क्रान्तिकारी भनाउदाहरु अरू पार्टीमा लागी अन्य पार्टीमा लागेर एमाले लाई मत माग्दै हिँडेकाले त्यसको हिसाब किताब जनताले राम्रोसँग राखेको उनको भनाई छ ।
नेकपा माओवादी केन्द्र बागचौर नगरपालिकाले पहिलो चरणको कार्यक्रम बागचौर नगरपालिकाका सबै वडाहरूमा पुरा भएकाले अव भोलि देखी दोस्रो चरणको कार्यक्रम तय गर्ने नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका प्रचार प्रसार समितिले जनाएको छ





.jpg)