होमपेज / राजनीति
हिमाल शर्मा वैशाख १४,सल्यान
नेकपा एकीकृत समाजवादीका केन्दीय उप–महासचिव प्रकाश ज्वालाले केन्द्रको भावना अनुसार जिल्लामा दुई पार्टी विच चुनावी एकता गरेको बताएका छन् । बुधबार बिहान नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको शारदा नगर स्तरीय संयुक्त निर्वाचन परिचालन मुल समितिको कार्यालय उद्घाटन गर्दै उनले शोकुरा बताएका हुन ।
केन्द्रमा पाँच दलिय गठवन्धनको भएको भए पनि सल्यान जिल्लामा नेपाली कांग्रेस भित्रको आन्तरिक द्धन्द्धका कारण जिल्लामा कांग्रेससँग समिकरणको सम्भावना टरेको वताए । नेकपामा ओवादी केन्द्र र एकीकृत समाजवादीले केन्द्र र प्रदेशको मर्म र भावना अनुसार जिल्लामा गठवन्धन उनको भनाई छ ।
जिल्लामा कांग्रेसले गठवन्धन नगरे पनि माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर सवै स्थानीय तहमा विजय हात पार्ने वताए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भित्र टिकट वितरणमा केही समस्या भकेन्द्रको भावना अनुसार जिल्लामा चुनावी एकता ःज्वाला
एको भए पनि तत्काल त्यसको समाधान हुने उनको भनाई छ । पार्टीमा लागे पछि नेता कार्यकर्ताको इच्छा चाहाना टिकट पाउनु पर्छ भन्ने चाहाना भए पनि गठवन्धनको मर्म,र भावनालाई वुझ्ना आग्रह गरे ।
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक वहादुर वस्नेतले जिल्लामा भएको दुईदलिय गठवन्धन चुनावसम्ममात्र नभएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउनको लागी भएको वताए । सल्यान जिल्लामा केन्द्रको भावना अनुसार गठवन्धन गर्ने भनिए पनि त्यो सम्भावना टरेकोले दुई पक्ष गठवन्धन गर्नु परेको वताए । उनले भने नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरी पनि एक ठाउँमा ल्याउनको लागी पनि दुई दलविच िजल्लामा गठवन्धन आवश्यक छ । लडाइमा जाने कमाण्डर दुविधामा पर्न नहुने वताउदै त्यसको जग खडा भएकाले सवै निर्वाचनमा होमीन आग्रह गरे । उम्मेदवादी भित्र केही मनमुटाव भएनि त्यसलाई निराकरण गर्न आग्रह गरे ।
निर्वाचन परिचान समितिका मुल संयोजक धिरेन्द्र वहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचानल नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा निर्वाचन परिचान समितिका सदस्य तिलक कुमार विकले गरेका थिए ।





.jpg)