होमपेज / राजनीति
हिमाल शर्मा १३ वैशाख, सल्यान
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सल्यानका १० पालिका मध्ये ५ वटा पालिकामा प्रमुख÷अध्यक्ष उपाध्यक्ष ७ जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् । जसमा ५ स्थानीय तहका मेयर तथा अध्यक्ष उपाध्यक्षमा दुवै जना उम्मेदवार बनेका छन् ।
कालीमाटी गाउँपालिकामा एमालेबाट अध्यक्ष दानबहादुर खत्री र एमालेबाटै उपाध्यक्षमा सन्सीला वली डिसी पुनः उम्मेदवार बनेका छन् । यस्तै कपुरकोट गाउँपालिकामा अध्यक्षमा एमालेबाट भीम बहादुर सेन,दार्मा गाउँपालिकामा माओवादी केन्द्रबाट निमवहादुर के.सी, सिद्ध कुमाख गाउँपालिकामा एकीकृत समाजवादीबाट मानवहादु चलाउने र उपाध्यक्षमा एमालेबाट पुष्पा वोहरा उम्मेदवार बनेका छन् ।
सिद्ध कुमाख गाउँपालिकामा २०७४ सालको स्थानीय तहमा निर्वाचनमा दुवै जना नेकपा एमालेबाट निर्वाचित भएका थिए । एमाले विभाजन भएपछि अध्यक्ष मानवहादुर चलाउने एकीकृत समाजवादी रोजेका थिए भने उपाध्यक्ष पुस्पा वोहरा एमालेमै रहेकी थिइन् ।
यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्दकुमार पुन पनि २०७४ सालको स्थानीय निर्वाचनमा वनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए भने उनी पुनः. एमाले वाटै मेयरको उम्मेदवार वनेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट त्रिवेणी गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएकी करुण खड्काले स्वतन्त्रमा उम्मेदवारी दिएकी छन् । आफूले उपाध्यक्षमा निर्वाचित भए देखी गदै आएका अपुरा अधुराकाम पुरा गर्नको लागी पार्टीसँग फेरी पनि टिकट माग्दा पार्टीले आफुलाई बेवास्ता गरेकाले स्वतन्त्रबाट उम्मेदवारी दिएको उनको भनाई छ । उनले भनिन पार्टीले मैले गरेको कामको मुल्याङकन गर्ला गनेर टिकट मागेको थिए आफूले गर्नु पर्ने काम धेरै थिए त्यसैले टिकट माग तर पाटी मलाइ टिकट दिएन त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएकी छु ।





.jpg)