ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्र दार्मा गाउँपालिका –५ ले टुङ्ग्यायो अध्यक्ष सहित सबै उम्मेदवार

  हिमाल शर्मा २०७८ चैत्र १७ गते बिहीबार १४:२९:०३ मा प्रकाशित

 चैत १७ सल्यान । 

नेकपा (माओवादी केन्द्र दार्मा गाउँपालिका – ५ ले वडामा प्रतिनिधित्व गर्ने वडा अध्यक्ष सहित सबै उम्मेदवारको टुङ्गो लगाएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा  नेकपा माओवादी केन्द्रले  दार्मा गाउँपालिका – ५ को विस्तारित बैठकले वडामा प्रतिनिधित्व गर्ने सबै उम्मेदवारहरू सहमतिका आधारमा टुङ्गो लगाएको  हो । 

विस्तारित बैठकले  अध्यक्षमा सुदिप के.सी सदस्य निमबहादुर खड्का, जय बहादुर खड्का महिला सदस्य हिरा खड्का, दलित महिला सदस्य जय कलि वि.क लाई उम्मेदवार बनाउने  बनाउने निर्णय गरेको हो । । उम्मेदवारी टुङ्गो लगाउनेमा देशकै पहिलो वडा दार्मा गाउँपालिका ५ भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानका सचिव निमबहादुर के.सी अरुणले बताए । । गठबन्धन भए के हुन्छ भन्ने प्रश्नमा उनले भने सकभर दार्मामा गठबन्धन हुदैन् यदि भइहाले सहमति हुन्छ बताए । 

 ३६ वर्षीय के .सी दार्मा गाउँपालिका वडा नं. ५ अधेरी खोलामा बाबु तिलक बहादुर खत्री र आमा सावित्रा खत्रीको कोखबाट २०४२ साल भाद्र ३ गते जन्मिएका थिए । उनी गत  स्थानीय तहको निवार्चनमा वडा सदस्यमा नेकपा माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए  । उनी दार्मा गाउँ कमिटी सदस्य समेत हुन । 

यस्तै वडा नं. २ को पनि २२ गते बस्ने वडाको विस्तारित बैठकले सहमतिकै उम्मेदवारको आधारमा टुङ्गो लगाउने नेकपा माओवादी दार्माले जनाएको छ । दार्मा गाउँपालिकाका सबै वडाको विस्तारित बैठकले वडामा प्रतिनिधित्व गर्ने सबै उम्मेदवारको टुङ्गो लगाउने त्यसैका आधारमा पार्टीको गाउँ कमिटी बैठकले अनुमोदन गर्ने माओवादी केन्द्र दार्मा गाउँ कमिटी अध्यक्ष चन्द्र बहादुर रावतले बताए ।  वडामा सहमति न भए वडाबाट बडीमा ३ जनाको नाम गाउँ कमिटीमा पेस गर्ने   र गाउँ कमिटीको बैठकले उम्मेदवारको टुङ्गो लगाउने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top