होमपेज / राजनीति
पदम बहादुर थापा / चैत्र १५ योङ्ग कम्युनिष्ट लिग (YCL ) नेपाल बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ को पहिलो वडा भेला सम्पन्न भएको छ ।
ने . क . पा ( माओवादी केन्द्र ) कर्णाली प्रदेश सदस्य तथा बनगाड कुपिण्डे न.पा इन्चार्ज धन बहादुर पुन ( क . मित्र) को प्रमुख अथितिमा बनगाड कुपिण्डे न.पा ९ को पहिलो ( YCL) वडा भेला सम्पन्न भएको हो । पहिलो वडा भेलाबाट टेक बहादुर खत्री अध्यक्ष मित्रलाल बोहरा उपाध्यक्ष लाल बहादुर रेउले सचिव र प्रविन कवर कोषाध्यक्ष गरि २९ (YCL) सदस्यीय वडा कमिटी गठन गरेको छ ।
भेलामा बोल्दै क. मित्रले युवा भनेको देश को महत्त्वपूर्ण खम्बा हो देशको मुहार फेर्न र देशलाई असल बाटो तिर डोर्याउन युवाको भुमिका रहने बताउनु भयो र अबको आउदो चुनाव युवाहरुले हातमा हात मिलाउदै अगाडि बढियौ भने नगर देखि वडा सम्म ने.क.पा (माओवादी केन्द्र)को जित रहने छ उनको भनाइ छ ।





.jpg)