ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिका ९ को पहिलो वडा स्तरीय कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न

  पदम थापा २०७८ चैत्र ६ गते आइतबार १८:४८:११ मा प्रकाशित

पदम बहादुर थापा  चैत्र ६ 
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)बनगाड कुपिण्डे नगरपालिका ९ को पहिलो वडा स्तरीय कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश उपाध्यक्ष  कर्ण बहादुर बुढाथोकी क. छहारी को प्रमुख अथितिमा वडा नम्बर  ९ को पहिलो कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

भेलामा बोल्दै बुढाथोकीले माओवादी एकीकृत भएर लागेमायसपालिको चुनाब जसरी पनि जित्न सकिने बताए । संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकको रक्षा र संरक्षणका लागि पनि माओवादीले जित्नै पर्ने बताए । आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई व्यक्ति विशेषसँग मात्र जोड्न् भन्दा पनि पार्टीले जित्छ की जित्दैन भन्ने विषयसँग तुलना गर्नु पर्ने बताए । माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताए ।  ‘देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ। उनले भने ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top