होमपेज / राजनीति
फागुन १,सल्यान
आज फागुन एक गते । तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन। माओवादीले विभिन्न कार्यक्रम गरी २७ औं जनयुद्ध दिवश मनाउँदैछ ।
विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ हाल बारपाक सुलिकोट गा.पा. ८० मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए। त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो।
यस्तै फागुन १४ गते बलिदान दिवस मनाउने क्रममा सल्यानको बागचौरमा खिम बहादुर डिसी, धन बहादुर थापा र हेमराज केसीलाई प्रहरीले गोली प्रहार गरी हत्या गरेको थियो । जनयुद्ध दिवसको अवसरमा माओवादीले जिल्ला विभिन्न स्थानमा कार्यक्रम गरी मनाउँदै छन् । दिवसको अवसरका बागचौर नगरपालिकाको प्लाटुन चौर, हिममा मेला लाग्ने गर्दछ ।
शान्ति प्रकृयामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन । जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ। शीर्ष नेतृत्व नै तितरवितर भइसकेका छन्। विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरुले आज विभिन्न जिल्लामा जनयुद्ध दिवस मनाउँदै छन ।






.jpg)