होमपेज / राजनीति
हिमाल शर्मा पुस २४,सल्यान
नेपाल कम्युनिस्ट पार्टी सल्यानको अध्यक्षमा गोविन्द पुन निर्वाचित भएका छन् । पार्टीको नवौँ जिल्ला अधिवेशनबाट पुन सर्वसम्वत अध्यक्षमा निर्वाचित भएका हुन ।
जसको उपाध्यक्षमा भीम बहादुर सेन, सचिवमा ओज बहादुर बुढाथोकी, उपसचिवमा दान बहादुर केसी र पुष्पा बोहरा निर्वाचित भएका छन् । अधिवेशनले ८३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । बुढाथोकी र बोहरा बाहेक अन्य पदाधिकारी भने शोही पदमा दोहोरिएका छन् ।
सचिव बनेका बुढाथोकी आठौँ जिल्ला सम्मेलनमा सचिव पदमा हाल समाजवादीमा गएका रमेश गौतमसँग पराजित भएका थिए । आठौं जिल्ला अधिवेशनमा पराजित बुढाथोकीले नवौंँ जिल्ला सम्मेलनमा भने सचिवमा निर्वाचित भएका छन् । उपसचिवमा निर्वाचित बोहरा भने सदस्यबाट बढुवा भएकी हुन ।





.jpg)