ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको १४ औं महाधिवेशनः सल्यानका दुवै प्रदेश सभामा रामचन्द्र पक्ष विजयी

  हिमाल शर्मा २०७८ मंसिर ४ गते शनिबार १३:५१:४४ मा प्रकाशित

मंसिर ४,सल्यान 
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सल्यानका दुई प्रदेश सभाको सभापतिमा रामचन्द्र पौडेलको प्यानल विजयी भएको छ । प्रदेश सभा (क) मा देउवा प्यानलका गोरख बहादु्र खत्रीलाई ११ मतले सुरेश चन्द सहितको पुरै प्यानल निर्वाचित भएको छ । यस्तै प्रदेश सभा (ख) मा विर बहादुर सेजवाललाई ४२ मतले पछि पार्दै सुरेश अधिकारी निर्वाचित भएका हुन । 

(क) मा सुरेश चन्दले ३ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गोरख बहादुर खत्रीले ३ सय ३ मत प्राप्त गरेका छन् । उपसभापतिमा जीवराज बोहराले २ सय ९० र यज्ञ बहादुर खड्काले ३ सय १७ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी भूपाल शाहुले २ सय ४९ र भूपाल शाहुले २ सय ४९ र मान बहादुर वलीले २ सय ८५ मत प्राप्त गरेका छन् । 

सचिवमा चमन बुढाथोकीले ३ सय २५ र प्रेम नारायण वि.कले ३ सय २१ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा धनराज केसी र तेज बहादुर रावतले समान २ सय ७६ मत प्राप्त गरेका छन् भने अर्काे सहसचिवमा लोक बहादुर शाहीले २ सय ८५ मत ल्याएर विजयी भएका छन् । 

प्रदेश सभा (ख) को निर्वाचनमा जम्मा ५९९ मत खसेको मध्ये सभापति सुरेश अधिकारी ३१२, उपसभापती गिरिराज ओली ३१५, रिषीराम खत्री २६९, सचिव अनिल सिह २८१, श्याम कृष्ण महातरा २९५, सह सचीव प्रीयबत्र श्रेष्ठ ३०१, होमसिङ बोहरा २९८ मत ल्याएर विजयी भएका छन ।

प्रतिस्पर्धी टिमका सभापति वीर बहादुर सेजवाल २७०, उपसभापति पेशल सिङ डाँगी २१४, पुर्ण बहादुर भण्डारी २४७, सचिव शोभाकर राणा २४८, मेघ राज भण्डारी २६२, सह सचिव ढाक बहादुर चन्द २४० र रोहित देबकोटाले २३१ मत प्राप्त गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top