होमपेज / राजनीति
हिमाल उपाध्याय, भदौ १२,सल्यान
जनपत्रकार संगठन नेपाल सल्यानको अध्यक्षमा विरेन्द्र डिसी निर्वाचित भएका छन् । शनिबार सल्यान खलंगामा भएको संगठनको तेस्रो जिल्ला सम्मेलनबाट डि.सी. निर्वाचित भएका हुन ।
सम्मेलनबाट उपाध्यक्षमा खकेन्द्र केसी र चन्द्रकला बुढाथोकी, सचिव कमल डाँगी, सहसचिव सागर बस्नेत, कोषाध्यक्ष रबिन्स महतरा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा आन्नद प्रेम बस्नेत, टिकाराम वली, प्रेम लाल डाँगी, कमल बुढाथोकी, प्रदीप मगर, रोशन वली, प्रेम वली, सुरेश भारती, ज्ञानु डाँगी, दीपक खड्का र कमल खड्का रहेका छन् ।
सम्मेलनले योगराज विश्वकर्मा र टिका केसीलाई सल्लाहाकार राखेको छ ।





.jpg)