होमपेज / राजनीति
हिमाल शर्मा वैशाख २३,सल्यान
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले जिल्ला अस्पताल सल्यानको निरीक्षण तथा अनुगमन गरेका छन् । बिहीबार मुख्यमन्त्री शाहीले सल्यान कोरोना संक्रमित संख्या वढ्नुका साथै, मृतकको संख्या वढ्न थाले पछि अस्पतालको अनुगमन तथा निरीक्षण गरेका हुन ।
जिल्ला अस्पताल सल्यानको अनुगमन तथा निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले कुनै पनि विरामी उपचार अभावका कारण मृत्यु हुन नदिने बताए । जिल्लामा खालि रहेका अक्सिजन, भेन्टिलेटर लगाएतका सामाग्रीलाई प्रयोगमा ल्याउन कर्मचारीलाई निर्देशन समेत दिए ।
स्वास्थ्य सामाग्री आपुर्ति गर्नको लागी प्रदेश सरकार तयार रहेकाले कुनै पनि समस्या परेमा तत्काल प्रदेशमा खवर गर्न आग्रह गदै मुख्यमन्त्रीले भने ‘अस्पतालमा विरामीको चाप वढ्ने अवस्था छ । अस्पतालमा आएको विरामीलाइ जिल्ला वाहिर पठाउनु भन्दा जिल्लामै व्यवस्था गर्न कर्णालीका सवै जिल्लामा आवश्यक पर्ने वजेट पठाइ सकिएको छ ।’
कोरानाको उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतको टोलीलाई प्रदेश सरकारले उचित भत्ताको व्यवस्था गरेको छ मुख्यमन्त्रीको भनाई छ ।
जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भिमकान्त जैसीले जिल्ला अस्पताल सल्यानमा प्रयाप्त मात्रामा उपकरणहरु नहुँदा विरामीले ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए । अस्पतालमा आवश्यक जनशक्ति भएपनि उपकरणको समस्या भएकोले प्रदेश सरकारसँग उपकरण उपलब्ध गराइदिन आग्रह गरे ।
यसै विच मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
।





.jpg)