ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल पत्रकार महासंघ सल्यानको अध्यक्षमा नविन पौडेल निर्वाचित

  दिपक शर्मा २०७७ चैत्र २६ गते बिहीबार ०७:०८:५४ मा प्रकाशित

चैत २६,सल्यान 
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा सयुक्त श्रमजिवी गठबन्धनका नविन पौडेल निर्वाचित भएका छन् । सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलकी मिना बुढाथोकीलाई एक मतले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन । ९२ मतदाता रहेको जिल्लामा ८७ मत मात्र खसेको थियो । 

यस्तै खुल्ला उपाध्यक्षमा संयुक्त श्रमजिवी गठबन्धनका  शंकर केसी निर्वाचित भएका छन् । उनले ४६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलका तिलकराज वलीले ३९ मत ल्याएका छन् । महिला उपाध्यक्षमा सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलकी सरिता चलाउने ४६ मत ल्याइ निर्वाचित भएकी छन् भने सचिवमासयुक्त प्रगतिशिल व्यावसायिक प्यानलकै  टिकाराम भण्डारी (दिपसागर) ४८ मत ल्याई निर्वाचित भएका छन् । 

कोषाध्यक्षमा सयुक्त प्रगतिशिल व्यावसायिक प्यानल शिवलाल डाँगीले ५१ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी सयुक्त श्रमजिवी गठबन्धनका विरेन्द्र डिसीले ३५ मत ल्याएका छन् । खुल्ला सह सचिवमा सयुक्त श्रमजिवी गठबन्धनका आशिष केसीले ४६ मत ल्याई विजयी भएका छन् । समावेशी सह सचिवमा सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलका वुद्धिमान पुनले ५७ मत ल्याई विजयी भएका छन् । 

यस्तै दलित सदस्यमा खेमराज स्वर्णकार ७७, खुल्ला सदस्यमा अमृत बुढाथोकी ५१, भरत देवकोटा ४२, सञ्जिवश्रवण देवकोटा ४२, पदम गिरी ४१, महेश कुमार वली ४० मत ल्याई विजयी भएका छन् । 

केन्द्रीय परिषद् सदस्यमा डिल्लीराज रावत ६२, योगराज विक ३५ मतले विजयी भएका छन् । प्रदेश परिषद् सदस्यमा प्रकाश भण्डारी ५१, धिरज रावत ४८, धनेन्द्र विमल वली ४४, र्ईश्वरी प्रकाश केसी ४३ र झनक बहादुर केसीलेले ४२ मत प्राप्त गरी विजयी भएका छन् भने परिषद् सदस्य महिला तर्फ टिका केसी ५० मत ल्याएर विजयी भएकी छन् । 
सयुक्त प्रगतिशिल व्यावसायिक प्यानलमा प्रेस सेन्टर र प्रेस चौतारी ( माधव नेपाल) को गठबन्धन रहेको थियो भने संयुक्त श्रमजिवी गठबन्धनमा प्रेस यूनियन नेपाल, प्रेस चौतारी ( केपि) र जनपत्रकार संघं को गठबन्धन रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top