होमपेज / राजनीति
हिमाल शर्मा माघ ११,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सल्यानका जिल्ला सदस्य लुट बहादुर केसी नेकपामा प्रवेश गरेका छन् । विप्लव पार्टी निकट शिक्षक संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत रहेका केसी आइतबार एक कार्यक्रमका बिच नेकपामा प्रवेश गरेका हुन ।
नेकपा शारदा नगरपालिका ८ र ९ को सपथ ग्रहण कार्यक्रममा केसीलाई कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वाला र जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले स्वागत गरेका छन् । कार्यक्रममा विप्लव समूह, काँग्रेस र राप्रपाबाट ४२ जनाले पार्टी प्रवेश गरेको नेकपाका नेता रमेश गौतमले जानकारी दिए ।
नेकपाको आन्तरिक विवादका कारण फुट्दा पनि नेकपा प्रचण्ड माधव समूहमा प्रवेश गरी रहेका छन् ।
देश र जनतालाई सहि दिशा निर्देश गर्न र संविधानको रक्षार्थ नेकपामा प्रवेश गरेको नवप्रवेशी लुट बहादुर केसीले बताए । प्रतिबन्धित विप्लव समूहबाट देशको परिवर्तन सम्भव नभएकाले आफूँ लगायत अन्य कार्यकर्ताहरु पनि नेकपमा समाहित भएको उनको भनाई छ ।