ट्रेण्डिङ

होमपेज / राजनीति

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहद्धारा श्रीनगरमा मसाल जुलुस

  हिमाल शर्मा २०७७ माघ ८ गते बिहीबार २०:५१:०१ मा प्रकाशित

हिमाल शर्मा माघ ८,सल्यान 

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले सल्यान श्रीनगरमा  साँझ मसाल जुलुस निकालेको छ ।

प्रचण्ड–माधव समूह निकट युवा संघ र अनेरास्ववियुले बिहीबार  साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले  श्रीनगरमा मसाल जुलुल निकालेका हुन ।  गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघट्न गरेपछि नेकपा, नेपाली काँग्रेस, नागरिक अगुवा, वुद्धिजिवि लगायतले चरणवद्ध कार्यक्रम गर्दै आइरहेका छन् ।

संविधानमा व्यवस्था नै भएको बताउँदै प्रधानमन्त्रीले संविधान माथि नै कू गरेको भन्दै उनको चर्को विरोध हुँदै आइरहेको छ । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top