होमपेज / राजनीति
पुस २७,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूह ले सडकमै संविधान बाचन तथा ब्याख्या गरेर संसद् विघट्नको विरोध गरेको छ । संविधानका कुनै पनि धारा, उपधाराले प्रधानमन्त्रीलाई संसद् विघटन् गर्ने अधिकार नदिएको भन्दै सडकमै संविधान वाचन गरे विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा बोल्दै पुर्व सामान्य प्रशासन मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले जनयुद्ध र दास्रो जनआन्दोलनबाट प्राप्त संविधानलाई कुनै एक व्यक्तिको सनकको भरमा कुल्चिन नमिल्ने बताए । संविधानको कुनै पनि धारामा प्र्रतिनिधिसभा विघटन् गर्ने अधिकारी प्रधानमन्त्रीलाई नदिएको बताउँदै संविधान भन्दा माथि हुने दुस्साह नगर्न उनले ओलीलाई आग्रह गरे । उनले भने ‘संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकारी छैन, यो कमद असंवैधानिक र अलोकतान्त्रिक हो ।’
पार्टीमा आफूँलाई असहयोग भयो , रिस उठ्यो भन्दैमा संविधानलाई धज्जी उडाउँदै प्रतिनिधिसभा विघट्न गर्ने अधिकार जो कोहीलाई नभएको कर्णाली प्रदेश सदस्य धिरेन्द्र श्रेष्ठको भनाई छ । संविधान र प्रतिनिधिसभाको ओलीले हत्या गर्ने प्रयास गरेको बताउँदै जनताको अदालतबाट हत्या गर्ने ओलीले तह लगाइने दावी गरे ।
प्रधानमन्त्री ओलीको कदमले संविधानको मर्म र भावनामा ठेस पु¥याएको अधिवक्ता सिपि ओलीले बताए । ओलीको स्वइच्छाचारी हठका कारण देशको मुल संविधान नै संकटमा परेको बताए ।