ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभा पूर्णस्थापना नभए ओलीलाई बालुवाटारबाट जनताले लखेटछन् :ज्वाला

  हिमाल शर्मा २०७७ पौष १४ गते मंगलबार १७:४३:५० मा प्रकाशित

पुस १४,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य प्रकाश ज्वालाले संविधान र लोकतन्त्रमाथि ओलीले हमला गरेको बताएका छन् । ओलीको प्रतिगमनकारी कदमले फेरी नेपाली जनता सडकमा आउनु परेको बताए । 

सल्यान खलंगामा भएको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका प्रकाश ज्वालाले अब आउने निर्वाचनमा ओली समूह पत्तासाप हुने बताए । जनताको विश्वासमाथि कुठाराघात गर्ने ओली र उनको समूहलाई आउने निर्वाचनमा जनताले उनको औकात देखाइदिने बताए । 

ओलीले विघट्न गरेको प्रतिनिधि सभा पूर्णस्थापना नगरे सिहंदरवार र बालुवाटारबाट लखेटिने बताए । सरकार, सेना प्रहरी समेत रहेको ज्ञानेन्द्रलाई हटाउन सफल भएका नेपाली जनतालाई ओलीलाई बालुवाटारबाट लखेटन कुनै आइतबार कुर्नु नपर्ने बताए । 

यस्तै पुर्व सामान्य प्रसाशनमन्त्री टेक बहादुर बस्नेतले संविधान विघ्टन गरेर ओलीले आफ्नो चिहान आफैले खनेको बताए । संविधानको मर्म र भावना विपरित उनले ओलीले प्रतिनिधि सभाको विघट्न गरेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top