ट्रेण्डिङ

होमपेज / राजनीति

संसद विघटनको विरोधमा सल्यानमा राँके जुलुस

  हिमाल शर्मा २०७७ पौष १३ गते सोमबार २०:०२:२५ मा प्रकाशित

हिमाल शर्मा पुस १३,सल्यान 
नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा सल्यान सदरमुकाम खलंगामा आइतबार साँझ मसाल जुलुस निकालेका छन् । 

उक्त समूहका सर्मथक कार्यकर्ताले प्रतिगमन मुर्दावाद, नेकपा जिन्दावाद भन्दै नारा लगाएका थिए । जुलुसमा उक्त समूहका जिल्ला तहका नेता कार्यकर्ता तथा भातृ संगठनका कार्यकर्ता सहभागी थिए ।

अनेरास्ववियूका केन्द्रीय सदस्य राजेन्द्र भण्डारीले नेतृत्व गरेको जुलुसमा कम्युनिष्ट भित्रको तानाशाह नबन्न ओलीलाई आग्रह गरेका छन्  । भण्डारीले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाए ।

संसद् विघटनपछि विभाजित नेकपा सल्यानमा दाहाल–नेपाल समूह बलियो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top