ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा सबैको साझा फुलबारी: सह -इन्चार्ज ज्वाला

  हिमाल शर्मा २०७७ आश्विन ४ गते आइतबार २१:२९:५६ मा प्रकाशित

हिमाल शर्मा असोज ४ सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले नेपाल कम्युनिस्ट पार्टी नेकपा सबैको साझा फुलबारी भएकोले सबैलाइ नेकपामा गोलबन्ध  हुन आग्रह गरेका छन्  ।

 नेपाल कम्युनिस्ट पार्टी नेकपा सिद्ध कुमाख गाउपालिका वडा नम्बर ३को सपथ ग्रहण  कार्यक्रम लाई सम्बोधन गर्दै नेता ज्वालाले  नेकपामा रहेका सबै नेता कार्यकर्ताहरुलाई पार्टी पद्धतिमा रहेर काम गर्न निर्देशन समेत दिए  । पार्टी हित विपरीत कार्य गर्न कसैलाई पनि छुट नहुने भन्दै  उनले पार्टीको बिधि र पद्धतिमा रहेर काम गर्न निर्देशन दिएका हुन  ।

पार्टीको आफ्नै बिधि, बिधान र पद्धति रहेको भन्दै उनले भने  “नेकपा हामी सबैको साझा पार्टी हो, हामीले पार्टीको हितको लागि काम गर्नुपर्छ ।” सल्यान प्रदेश सभा ‘ख’ बाट निर्वाचित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले सरकारले गरेका हरेक कामहरु जनतामाझ पुर्‍याउन आबश्यक रहेको बताए । यसले सरकार र पार्टीलाई बलियो बनाउन थप मद्धत मिल्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए  । यस्तै नेकपा केन्द्रिय सदस्य तथा सल्यान जिल्ला सह(इन्चार्ज गुलावजंग शाहले सरकार र पार्टी प्रति जनताको बिश्वास बढेको भन्दै यसलाई जोगाइ राख्न एकजुट भएर लाग्नुपर्ने बताए ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top