होमपेज / राजनीति
माघ २९, २०७६ सल्यान : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा खाद्यन्न पुर्याउने गरी सल्यानको विकास गरिने बताएका छन्। कर्णाली प्रदेशकै उत्पादनमा पहिलो जिल्ला सल्यान भएकाले यसको विकासका लागि तत्काल कर्णाली प्रदेशले योजना बनाउने बताए।
सल्यानको श्रीनगरमा बुधबार उद्योग वाणिज्य संघ सल्यानले आयोजना गरेको प्रादेशिक, कृषि, पर्यटन, उद्योग व्यारा तथा सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले सल्यान जिल्लाको विकासका लागि जिल्लाकै बृहत छलफल गर्न लागेको जानकारी दिए। सल्यानको उत्पादनले कर्णाली प्रदशेमा पुग्ने सम्भावना भएकाले यसको विकासका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। उनले भने 'सल्यानको शारदा नदी करिडोरमा उत्पादिनशिल जमिन छ।
उत्पादकत्व वृद्धिमा सरकारले लगानी गर्छ।' कर्णाली प्रदेश सरकारले सल्यानको श्रीनगरमा बजारलाई आधुनिक शहरीकरणका लागि योजना तयार पारेको मन्त्री शाहीले बताए। 'जिल्लाकै सुन्दर शहर श्रीनगरलाई व्यवस्थित शहरीकरणका लागि योजना तयार गरेका छौँ यसका साथै औद्योगिक क्षेत्रको रूपमा विकास गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ' मुख्यमन्त्री शाहीले बताए।





.jpg)