ट्रेण्डिङ

होमपेज / राजनीति

पुरानै तरिकाले अब पार्टी चल्दैन: ज्वाला

  हिमाल शर्मा २०७७ भाद्र २० गते शनिबार १८:५७:३५ मा प्रकाशित

हिमाल शर्मा भदौ २०,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले अब पुरानो तरिकाले पार्टी संचालन गर्न नसकिने  बताएका छन् । पुरानो तौरतरिका र ढाँचाले पार्टी सञ्चालन हुन नसक्ने बताउदै उनले नयाँ तरिकाले पार्टी संचालन गर्नुपर्ने बताए । 

शनिवार सल्यानका श्रीनगरमा आयोजित नेकपा शारदा नगर कमिटिको सपथ ग्रहण कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि समेत रहेका ज्वालाले नेकपाले अब  गाउँ गाउँ टोलटोलमा गएर पार्टी कार्यकर्तालाई प्रशिक्षण गर्नुपर्ने बताए  । नेकपा कम्युनिष्ट पार्टी नेकपा फुलै फुलको बगैचा भएकोले भमराको ओइरो लागेको समेत बताए  । जहाँ जनता त्यहाँ नेकपाको पार्टी हुनुपर्ने उनको भनाई छ  ।

नेपाली जनताले नेकपा लाई ठूलो जिम्मेवारी दिएकोले जनताको भलाइका लागि काम गर्नु पर्ने उनले बताए  । नेकपाले अंगिकार गरेको सुखी नेपाली समृद्ध नेपालको नारालाई आत्मसात गरेर बिकास निर्माणका काम गर्नु पर्ने समेत बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top