होमपेज / राजनीति
हिमाल शर्मा भदौ २०, सल्यान
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) शारदा नगर कमिटी सल्यानको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुनले नगर कमिटी सदस्यलाई एक कार्यक्रमका बिच शनिवार श्रीनगरमा सपथ खुवाएका हुन । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि नेकपा सल्यानले पार्टी एकताका कामलाइ पुर्णता दिएको छ ।
८१ सदस्य नगर कमिटीले पुर्णता पाएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश कमिटी सह संयोजक प्रकाश ज्वालाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेपाली जनताको आँखाको नानी भएकोले बिरोधि पार्टी त्रसित भएको बताए । उनले भने नेकपा नेपाली जनताको रगत पसिनाले निर्माण भएकोले कसैले फुटाउछु भनेर नफुट्ने दावी गरे । सल्यानमा नेकपाको प्रभाव धेरै भएकोले काङ्ग्रेस आत्तिएको समेत बताए ।
यस्तै नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्लाका सह इन्चार्ज गुलाब जङ्ग शाहले सबै पार्टीका कार्यकर्ताले पार्टीको नीति बिधि मा टेकेर आफ्ना गतिविधि अगाडि बढ्नु पर्ने बताए । नेपालका दुई गौरवशालि पार्टी को एकताले बिरोधिहरु सल्बलाइ रहेको उनको भनाई छ । पार्टी र सरकारले गरेका राम्रा कामलाई जनतासामु पुर्याउनु पर्ने भएकोले यसमा लाग्नुपर्ने बताउनु पर्ने बताए ।
सपथ कार्यक्रममा नेकपा कम्युनिस्ट पार्टी नेकपा सल्यानका जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुन जिल्ला सचिव कर्ण बहादुर बुढाथोकी जिल्ला सदस्यहरु रमेश कुमार गौतम, कल्पना सेजवाल, दामोदर शर्मा , हिमाल योगि, मनोज सिंह लगायतकाले नब गठित नगर कमिटी लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।





.jpg)