ट्रेण्डिङ

होमपेज / राजनीति

कृषि र कृषकलाई हेर्ने सोचमा समस्या हुँदा कृषिले फड्को मार्न सकेनः मन्त्री के.सी.

  दिपक शर्मा २०७७ श्रावण ३१ गते शनिबार १७:०४:५५ मा प्रकाशित

दिपक शर्मा साउन ३१, सल्यान 
कर्णाली प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषिक्षेत्रको विकासका लागि कृषकलाई ब्याज अनुदान , सहुलियत ऋण र विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने वताएकी छन्  ।

 व्याज अनुदान, सहुलियत ऋण कार्यक्रम सञ्चालन गर्न आवश्यक नीति, कानुन निर्माणको काम भई रहेको उनको भनाई छ  । 

शनिबार सल्यान खलंगामा आयोजित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री केसीले कृषिमा ब्यवसायिकरण, नयाँ प्रविधि र यान्त्रिकरणमा जोेड भन्दा कृषि र कृषकलाई हेर्ने सोचमा समस्या रहेको बताइन  । उनले भनिन ‘कृषि पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा  नलिएसम्म  कृषि क्षेत्रमा परिवर्तन देख्न सकिदैन । परिश्रम,मेहनत गर्नेलाई सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक  छ ।’ 

कृषि मन्त्रालयले कृषकले उत्पादन गरेको वालीको न्यूनतम समर्थन मूल्य कायम गर्ने  र विमाको आधारमा कृषिकलाई पेन्सनको  तयारीमा रहेको समेत बताइन ।  उनले भनिन ‘प्रदेश सरकारले  कृषकले उत्पादन गरेको  सवै वालिको न्यूतम समर्थन मूल्य तोकन  नकसे पनि केही बालिको मुल्य निर्धारण गर्दैछौं ।’ 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top