ट्रेण्डिङ

होमपेज / स्थानीय

गुणस्तर हिन खाद्यन्न वितरण गरेको हल्ला प्रति सहकारीको ध्यानाकषर्ण

  प्रकाश शर्मा २०७७ बैशाख २० गते शनिबार १६:२९:०० मा प्रकाशित

प्रकाश शर्मा वैशाख २०, सल्यान 
      दार्मा गाउँपालिका भित्रका साना किसान कृषि सहकारीले वितरण गरेको खाद्यन्न गुणस्तर हिन भएको भन्ने हल्ला  प्रति सहकारीहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । 
सुपथ पसल सञ्चालन गरेर सहकारीले वितरण गरेको खाद्यन्न गुणस्तरहिन भएको भन्ने समाचार र अभिव्यक्ति प्रति खेद प्रकट गरेका छन् । 
भल्चौर साना किसान कृषि सहकारी संस्था र दार्माकोट साना किसान कृषि सहकारी संस्थाले विज्ञप्ती जारी गर्दै उनीहरुले तथ्यहिन र भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेका छन् । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जमा चामलको ल्याव परीक्षण गराइएको र उक्त परीक्षणले पनि तोकेको अनिवार्य गुणस्तर पाइएको प्रतिवदेन प्राप्त भएको विज्ञप्ती उल्लेख गरिएको छ । 


विज्ञप्तीमा चन्द्रसुयै खाद्य उद्योग कपिलबस्तुबाट भाम खरिद गरिएको र हलडाउनका कारण उक्त उद्योगले उत्पादन गरेको चामलको बोरामा यथार्थ संकेत पत्र (लोगो, ब्रान्ड) प्रिन्ट गर्न नसकेको लिखित जानकारी गराएको उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top