होमपेज / स्थानीय
वैशाख २१, सल्यान
लक्ष्मी वैंक ढोरचौर शाखाले सिद्ध कुमाख गाउँपालिकालाई थर्मल गन र पीपिई प्रदान गरेको छ । वैंकले गाउँपालिकालाई तीन थान थर्मल गन र दुई थान पीपिई हस्तान्तरण गरेको हो ।
कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्नका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको लक्ष्मी वैंक ढोरचौर शाखाका प्रबन्धक मनोज कुमार बस्नेतले बताए । कोभिड १९का विरुद्ध लड्न सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु सबैको कतव्र्य भएको समेत उनको भनाई छ ।
कोरोना भाइरस रोकथाममा सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष मान बहादुर चलाउनेले आभार व्यक्त गरे ।