होमपेज / स्थानीय
संजिब शर्मा, २५ असार २०७७ सल्यान
कुमाख गाउँपालिका कृषि विकास शाखाले चालू आर्थिक बर्ष २०७६ २०७७ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फलफुल बगैँचा ब्यबस्थापन अन्तर्गत फलफुलका बिरुवा बितरण गरिएको छ ।
७५ प्रतिशत अनुदानमा बर्षे फलफुल आँप र लिच्ची खेती गर्न इच्छुक कृषक समूह ,कृषिसहकारी र निजि फर्म बाट १५ दिनको सुचना निकालेर सो मितिभित्र दरखास्त दिन कृषि शाखाले अनुरोध गरेको थियो । सोही माग भएअनुसार शाखाले कृषक समूह, कृषि सहकारी निजि फर्महरुलाई फलफुलका बिरुवाहरु बितरण गरिएको कृषि बिकास शाखा कुमाखकी प्रमुख गङ्गा वलिले बताइन ।