होमपेज / स्थानीय
वैशाख २५, सल्यान
छत्रेश्वरी गाउँपालिका ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयको क्वारेनटाइनमा बसी रहेका सबै घर फर्किएका छन् । १४ दिनको अवधि पुरा गरेका र स्वास्थ्यमा कुनै समस्या नदेखिए पछि उनीहरुलाई घर पठाइएको हो ।
क्वारेनटाइनमा बसी रहेका ३५ जनाको आरडिटी परीक्षण गरी उनीहरुलाई घर पठाइएको वडाध्यक्ष नेव बहादुर खड्काले बताए ।
३३ जनालाई मंगलबार थप तीन जनालाई बुधबार घर पठाइएको उनको भनाई छ । घर फर्किए पनि सामाजिक दुरी कायम गर्नु पर्ने अन्यावश्यक गाउँघर हिडडुल गर्न नपाइने शर्त राखिएको उनको भनाई छ । जयचौरमा निमार्ण गरिएको क्वारनेटाइनमा अव कोही पनि नरहेको उनले बताए ।