ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यानमा तेस्रो मेयरकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  सरिता चलाउने २०७७ चैत्र ५ गते बिहीबार १८:४३:३३ मा प्रकाशित

सरिता चलाउने चैत ५,सल्यान 
सल्यानमा मेयरकप तथा राष्ट्रपति रनिङ शिल्ड बिहीबारबाट सल्यान खलंगाको लुहापिङमा सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शारदा नगरपालिका सल्यानको आयोजनामा लुहापिङमा मेयरकप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो । 

४ दिन सम्म संचालन हुने प्रतियोगितामा नगरपालिकाका १५ वटै वडाबाट ५८ आधारभुत र माध्यामिक विद्यालयहरुको सहभागिता रहेको छ । 
प्रतियोगिताका लागि वडागत खुल्ला भलिबल,आधारभुत विद्यालय तर्फ म्युजिकल चियर,   दौड, लङजम्प, ज्यावलिङ थ्रो, माध्यामिक तर्फ छात्रा छात्र भलिवल, कवडडी, एथ्लेटिक्स खेलहरु सन्चालन हुने छन । यस्तै हाईजम्प, त्रिपलजम्पलगायतका खेलहरु संचालन हुने नगरपालिकाले जनाएको छ ।

 यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा माध्यामिक तहका बिद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा छात्र छात्रा तर्फ भलिवल, कवडडी, एथलेक्टिस, दौड,  तेकान्दो, लङजम्प, सटफुट लगायतका खेलहरु संचालन हुने नगरपालिकाले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top