होमपेज / कला/साहित्य
दिपक शर्मा फागुन १०,सल्यान
जिल्लामा स्थानीय मौलिकता झल्कने लोक संस्कृति हराउँदै जान थालेको छ । आधुनिक प्रविधिको विकास, युवाहरु प्रति लोक संस्कृतिको जर्गेना तर्फ चासो नहुँदा लोक संस्कृति दिनप्रतिदिन हराउदै जान थालेका हुन ।
पश्चिमेली संस्कृतिको प्रभाव र स्थानीय मौलिकताको जर्गेना गर्न नसक्दा पहिचान मेटिदै गएको सारेठी नाँचका अगुवा तुल्सीसिंङ डाँगीले बताए । पुराना संस्कृति बुढापाकासँगै जानेभयो भन्दै उनले चिन्ता व्यक्त गरे । उनले भने ‘हिजो गाउँमा पुजापाठ हुँदा, मेला पर्व हुँदा सोरठी, लहरे, मयुर नाँच जस्ता नाँच हुन्थ्ये तर आजभोली मौकाबेलामा मात्र देख्न पाइन्छ ।’
विवाह ब्रतबन्ध, मेला पर्वजस्ता शुभकार्यमा बजाइने दमाहा, सोरठी, सिगाँरु, पैसेरी, सेरिंगे, साइले जी जस्ता लोक संस्कृति झल्कने पुख्यौली बाजागाजा तथा नाच हराउदै गएको पैसेरी नाँचका अगुवा नर बहादुर खत्रीले बताए । दलित वर्गको पहिचानको रुपमा चिनिएको दमाह बाजा अचेल बज्ने छाडेको उनको भनाई छ । उनले भने ‘परापुर्वकालमा दमाह बाजालाई सञ्चारको साधनको रुपमा चिन्ने गरिन्थ्यो । गाउँमा मान्छ् जम्मा गर्नु पयो भने दमाह बजाइन्थ्यो हिजोआज गाउँघरमा बज्न छाडे ।’
घरमा भएका बाजा केहीले विक्री गरी सकेका छन् भने कोहीले घरको अध्यारो कुनामा थन्काएर राखी रहेका छन् । स्थानीय लोक नाज तथा बाजागाजाका साथै परम्परा समेत विस्तारै हराउदै गएको बुढापाकाहरुको भनाई छ ।
।





.jpg)