ट्रेण्डिङ

होमपेज / कला/साहित्य

स्थानीय लोक सँस्कृति संरक्षण तथा झाँकी प्रर्दशनी

  दिपक शर्मा २०७६ फाल्गुण ६ गते मंगलबार १७:२८:०८ मा प्रकाशित

दिपक शर्मा फागुन ६, सल्यान 
लोपउन्मुख कला संस्कृतिको संरक्षण एव प्रवद्र्धन गर्ने उद्देश्यका साथ त्रिवेणी गाउँपालिकाले स्थानीय लोक संस्कृति संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम गरेको छ । समाज परापुर्वकालदेखि रहेका पुराना संस्कृतिको जर्गेना गर्न भन्दै मंगलबार त्रिवेणी तिर्थशाला धाममा लोककला संस्कृतिको सम्मेलन गरेको हो । 
जिल्लाका गाउँबस्तीमा रहेका परम्परा युवापिढीले स्वीकार गर्न नसक्दा बुढापाकाहरुसँगै हराउन थालेपछि त्यसको संरक्षण एव प्रवद्र्धनका लागि लोककला सस्कृति सम्मेलनको स्थानीय लोक संस्कृति संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । 
युवाहरुर्लाइ पनि सल्यानको पहिचानका रुपमा रहेका संस्कृति संरक्षखणमा अग्रसर गराउन र समाजमा लेकेर रहेका लोक संस्कृतिलाई पहिचान, प्रवद्र्धन र प्रोत्साहन गर्न सम्मेलनको आयोजन गरिएको डाँगीको भनाई रहेको छ । 
सम्मेलनमा लोपउन्मख रहेका पैसेरी(लहरे) सारेठी, वनगाडी टप्पा लगायतका लोक संस्कृति झल्किने झाँकीहरु  प्रर्दशन गरिएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top