होमपेज / बिचार / सम्बाद
रेडियो भन्ने बित्तिकै सबै वर्ग, समुदायको पहुँचमा सजिलै र सहजै पुग्ने माध्याम मानिन्छ । जहाँ धनी मान्छेले पनि रेडियो सुन्न सक्छन् र गरी बले पनि रेडियो सुन्न सक्छन् । रेडियो नेपालजस्तो अल्पविकसित मुलुकमा सूचना र सञ्चारको प्रभावकारी माध्यम बनेको छ । काम गर्दा खेतको आलीमा होस् वा घाँस बोक्ने डालीमा होस् काम गर्दै सजिलै सुन्न सकिने माध्यम हो रेडियो।
कुनै बेला रेडियो नेपाल,बिबिसीमा भर पर्ने श्रोता अहिले आफ्नै आवाज, आफ्नै गाउँघरको रेडियोबाट सुन्न सक्ने भएका छन्। सानो सूचनादेखि मेलापातका सूचनासम्म, स्थानिय स्तरमा रोजगारका सूचना दिने काम सामुदायिक रेडियोले गरिरहेका छन् ।
अझ भनौँ भने कर्णाली प्रदेश जस्तो ठाउँमा जहाँ अहिले सम्म पनि पत्रीका र टिभीको पहुँच पुग्न सकेको छैन । विकासको पूवार्धार हिसाबले पनि सडक बिस्तार हुन वाकी नै छ ।यस्तो अवस्थामा रेडियोले आवाज विहीनहरूको आवाज लाई बाहिर ल्याउन र उजागर गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । सुचना भनेको एउटा शक्ति जुन शक्ति नागरिकहरूलाई रेडियोले प्रदान गरिरहेको छ ।
कुना कन्दराहरूमा रहेका नागरिकका आवाजलाई उजागर गरी रेडियो मार्फत आम श्रोता सामु पु¥याउन भूमिका खेल्दै आइरहेको छ ।
स्थानिय सरकारले गरेका कामका साथै सञ्चार माध्यमको मुख्य काम जनताको कुरा सरकारलाई अथवा नीति निर्माण तहमा बसेकालाई सुनाउने र नीति निर्माण तहमा रहेकाले गरेका कार्यहरू जनतालाई जानकारी गराउने कार्य रेडियोहरूले गरिरहेका छन् ।
जनतालाई प्रत्यक्ष रेडियो सित जोडनको लागि स्थानिय सरकार र रेडियोले समन्वय र सहकार्य गर्न जरुरी
कर्णाली प्रदेशको सल्यान जिल्ला जहाँ धेरै कुराले सम्भावनायुक्त भएको जिल्ला मानिन्छ । यहाँको कृषाि र पशुपालन क्षेत्रको हिसाबले होस वा धार्मिक तथा पर्यटकीय हिसाबले होस, जुनसुकै कुराले पनि कमी छैन ।
यी नै कुराहरूलाई उजागर गर्नको लागि स्थानिय सरकार र रेडियो जति सहकार्य गरेर अगाडी बढ्नु पर्ने हो तर त्यसो भएको देखिँदैन ।
आगामी दिनहरूमा जनतालाई सरकार सँग जोडन र सरकारलाई जनता सँग जोडनको लागि रेडियो र स्थानिय सरकारले समन्वय गरेर अगाडी बढ्न जरुरी देख्दछु ।
विकासको हिसाबले सबैभन्दा पछाडि पारिएको कर्णाली प्रदेशमा सञ्चालनमा रहेका रेडियोले समुदायको आवाज प्रतिविम्ब गर्नका लागि महत्त्वपूर्ण सारथि बनेका छन्। सामुदायिक रेडियो समुदायका मानिसहरूको दुख सुखका साथी बनेका छन्।
रेडियोहरूले बिहान झिसमिसेदेखि बेलुका निन्द्रा नअाउन्जेलसम्म समयमा साथ दिइरहेका छन्।
अझ भनौँ भने कोरोना भाइरस महामारीको समयमा कतिपय जिल्ला तथा केन्द्रकै पत्रपत्रिकाहरू बन्द भए, यो बिचमा रेडियोहरूले जनता सामु सुचना दिएर खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन। अन्य सञ्चारका माध्यमको तुलनामा रेडियो महत्त्वपूर्ण रहेको कुरामा दुई मत छैन। १० औ विश्व रेडियो दिवसको अवसरमा सम्पूर्ण रेडियोकर्मीहरूमा हार्दिक शुभकामना छ ।
लेखक सरिता चलाउने, रेडियो शारदा एफएम सल्यानमा कार्यरत छन् ।