ट्रेण्डिङ

होमपेज / बिचार / सम्बाद

आज आस्था र विश्वास की माँ सरस्वती पूजा

  सल्यान खबर डेस्क २०८१ माघ २१ गते सोमबार १४:१४:४९ मा प्रकाशित

कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रसवृता या वीणावरदणडममणडितकरा या श्वेतपद्मासना

या ब्रह्माच्युत शंकर प्रभृतिभिद्रेवै :सदा वन्दिता ।सा पातु सरस्वती भगवती

श्री पञ्चमी सरस्वती पूजा माघ शुक्लपक्षको पञ्चमी तिथिलाई श्री पञ्चमी वा बसन्त पञ्चमी भनिन्छ श्री भन्नाले विद्या बुद्धि र वाणीको अधिष्ठानत्रि देवी सरस्वतीलाई बुझिन्छ। श्रीपञ्चमीमा देवी सरस्वतीको पूजा आराधना गर्ने विधान छ। वैदिक कालमा बसन्त ऋतुको मधुमास (आतर्व चैतमास) मा यो पर्व मनाउने गरेको प्रमाण पाइन्छ कालन्तरमा बार्हस्पत्य संवत्सरको लैङ्गिक पञ्चाङ्ग चलनमा आएपछि माघ शुक्ल पक्षको पञ्चमी तिथिमा श्री पञ्चमी सरस्वती पूजा मनाउन थालियो हो।

बौद्धिक युगमा जब वृक्षहरूमा नयाँ पालुवा आउँथे। सुन्दर फूलहरू फुल्नुका साथै चारैतिर सुगन्ध आउन थाल्थ्यो रङ्गी बिरङ्गी पुतलीहरु उड्न थाल्थे र कोहिलीहरु गाउन थाल्थे उसै बेला बसन्त ऋतुको आगमन हुन्थ्यो , यसै समयमा ऋषिहरूले पूजा गरिन्थ्यो।

विद्याहीन व्यक्तिलाई भाग्यले पनि साथ दिँदैन भन्ने भनाइ छ। त्यसैले विद्यालय मूलरूप र अपार शक्तिमा लिन सकिन्छ। मानव जीवनमा शिक्षा बिना मान्छे अपुरो हुन्छ। त्यसैले माता सरस्वतीलाई पूजा गर्ने हो भने विद्या प्राप्त हुने जनविश्वास रहिआएको छ। जनविश्वासमा यो पनि भनिएको छ संस्कार सभ्यता र संस्कृतिकै स्रोत महासरस्वती हुनुहुन्छ। यसर्थ यस पवित्र दिवसमा विद्यारम्भ विद्याको अभ्यास र सभ्य संस्कृतिको प्रवर्धन जस्ता कार्य गर्ने गरिन्छ। आज घरघरमा टोलटोलमा र विद्यालयहरूमा सरस्वतीको भव्य उत्सव मनाइन्छ। आजै मञ्जुश्रीका नामले पूजा गर्दछन् विभिन्न कला र प्रविधिका विद्यार्थीहरुले आफ्नो उपकरणको पूजा गरी सरस्वतीको सम्मान गर्ने गर्दछन्। आज उपत्यकामा रहेका विभिन्न सरस्वती मन्दिरहरूमा दर्शनार्थीको कुइँचो लाग्दछ। सरस्वतीको प्रार्थना गर्ने देशका विभिन्न मठमन्दिरहरूमा भक्तहरू दर्शनालाभिहरूको घुइँचो लाग्ने गर्दछ। सरस्वतीको प्रार्थना गर्ने विभिन्न सिद्ध स्तोत्र मन्त्रहरू रहेका छन्।

दीवाकर शर्मा

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top