ट्रेण्डिङ

होमपेज / पर्यटन

पर्यटकीय गन्तव्य बन्दै मालिका लेक (फोटो फिचर)

  दिपक शर्मा २०७७ मंसिर १२ गते शुक्रबार १४:०३:५४ मा प्रकाशित

दीपक शर्मा मंसिर १२, सल्यान 
पहाडको टुप्पोबाट वरिपरि हिमाल नियाल्दा मनै फुरुंग हुन्छ । दार्मा र कुमाख गाउँपालिकाको संगम स्थानको रुपमा रहेको डाँडोमा मालिकाको मन्दिर रहेको छ । मन्दिर परिसरबाट आँखै अगाडी ठोकिन आउने हिमाललाई नियाल्दा आँखा झिमिक्क गर्न मन लाग्दैन ।

 धामिर्क पर्यटकिय स्थल मालिकाको धुरीमा पुग्ने जो कसैले यस्तै अनुभव संगाल्ने अवसर पाउँछन् । यहाँबाट धौलागिरी, सिस्ने, चाखुरेको लेक लगायतका आधा दर्जन हिमाल अवलोकन गर्न सकिन्छ । विगतका वर्षहरुमा ओझेलमा परेको मालिका लेकलाई पछिल्लो समय दार्मा गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आएको छ । 
विगतमा मेला पर्वमा मात्र चहलपहल हुने मालिका आजभोली भने दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीय मानसिङ बुढाले बताए । मालिकामा दर्शन तथा पूजा गरेपछि मनोकांक्षा पूरा हुने भएकाले आफूले हरेक वर्ष मालिका पुग्ने गरेको उनको भनाई छ । 

परापुर्वकालमा मालिका लेकको बिचमा दह रहेको किमदन्ती रहेको छ । लेकमा कालिका मालिका देवीका साथै सिद्धको पनि वासस्थान रहेको जनविश्वास रहेको छ  । उक्त दहमा एक जना बच्चा डुवेपछि कालिका मालिका देवीले सिद्धलाई बच्चालाई नबचाएको भन्दै सिद्धलाई हटाएको र उक्त ठाउँबाट सिद्ध गएपछि दह सुकेको किमदन्ती रहेको स्थानीय असविर रावतले बताए ।  

मालिकालाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको दार्मा गाउँपालिका अध्यक्ष चन्द्र बहादुर रावतले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top