होमपेज / शिक्षा
जेठ ११,सल्यान
सल्यानमा जिल्ला विपद् पुर्व प्रतिकार्य शिक्षा समूह गठन गरिएको छ । जिल्लाका शिक्षा सरोकारवालाहरुको आइतबार बसेको अनलाइन जुम बैठकले शिक्षा, विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लालबहादुर घर्तीको संयोजकत्वमा १७ सदस्यीय शिक्षा समूह गठन गरेको हो ।
सामाजिक विकास कार्यालय सल्यानका प्रमुख भीमप्रसाद पोखरेल सदस्य सचिव रहेको समूहमा स्थानीय तहमा कार्यरत शिक्षा शाखा प्रमुख र सल्यानमा शैक्षिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाका प्रतिनिधिहरु सदस्य रहेका छन् ।
बैठकमा वैशाख २९ गते सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश विपद् पूर्व तयारी तथा प्रतिकार्य शिक्षा समूह र शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुखबिच भएको बैठकमा निर्णयहरु समेत जानकारी गरिएको थियो । बैठकमा स्थानीय तहमा एफ.एम.रेडियो पहुँच, क्वारेन्टाइन बनाइएका विद्यालयहरु तथा रचनात्मक कार्यका सम्बन्धमा जानकारी गराइएको शिक्षक हिरालाल नेपालीले बताए ।
स्थानीय तहमा विपद् पूर्व तयारी तथा प्रतिकार्य शिक्षा समूह गठन तथा सल्यानको सापेक्षतामा पठनपाठनका वैकल्पिक मार्गको खोजी गर्ने विषयमा बैठकले निर्णय लिएको उनको भनाई छ । पठनपाठनको रचनात्मक तथा वैकल्पिक उपायको खोजी गर्न शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ ।





.jpg)