होमपेज / शिक्षा
असोज ९,सल्यान
सल्यानको शारदा नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई डिजिटल प्रविधिबाट पढाई गराउने उदेश्यले स्मार्ट टि.भि. वितरण गरेको छ ।
नगरपालिकाभित्र रहेका १६ वटा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टि.भि. वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयका शिक्षालाई आधुनिक र प्रविधि युक्त बनाउने उदेश्यले शैक्षिक सामग्री वितरण गरेको नगर प्रमुख प्रकाश भण्डारीले बताउनुभयो । उहाँले नगरलाई डिजिटल मैत्री नगर बनाउन लागि परेको बताउनुभयो । डिजिटल माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने उहाँको भनाइ छ ।
बालबालिकाहरूलाई आधुनिक प्रविधिवाट पठनपाठन गरे पछिल्ला दिनहरूमा विद्यार्थीहरूको पढाइमा सुधार हुने र विद्यालयको भौतिक संरचना निर्माणमा पनि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले पनि विद्यार्थीको पढाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भनाई राख्नु भयो ।
कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सानुबाबु अधिकारी, शिक्षा शाखा प्रमुख संगिता बुढा, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थितीमा नगरका विभिन्न १६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभि वितरण गरिएको हो ।
नव प्रवर्तन साझेदारी कोष पठन सिपमा सुधार कार्यक्रम अन्तर्गत प्रविधिमैत्री शिक्षण सिकाई लाई जोड दिदै बालबालिकालाई श्रब्य दृष्य सामाग्रीहरु मार्फत पठन पाठन गराउने उद्धेश्यले नगरपालिकाले स्मार्ट टिभि वितरण गरेको हो ।
गत वर्ष पनि शारदा नगरपालिकाले नगरका विभिन्न १४ वटा विद्यालयमा ल्यापटप वितरण गरेको थियो ।





.jpg)