होमपेज / शिक्षा
वैशाख १५,सल्यान
सल्यानको शारदा नगरपालिकाले नगरभित्रका बिद्यालयलाई ल्यापटप वितरण गरेको छ । बिद्यालयको पठनपाठनलाई सहज बनाउने उदेश्यले नगरपालिकाले नगरका १२ वटा प्राथमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई १२ थान ल्यापटप वितरण गरेको हो ।
कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा नवपबद्र्धन साझेदारी कोष अन्तरगत“बालकेन्द्रित शिक्षा मार्फत पठन सिपमा सुधार कार्यक्रम“परियोजना बाट करिव ९ लाख लागतम ाल्यापटप वितरण गरिएको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । बिद्यालयका िशक्षकहरुलाई प्रविधि मैत्री बनाउनअभिप्रेरित गर्ने उद्देश्यले ल्यापटप वितरण गरिएको उहाँले बताउनु भयो । प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिक क्रियाकलाप संचालनमा सघाउ पुर्याउन पहल भई रहेकोे उहाँको भनाई छ ।
नगरप्रमुख भण्डारीले नगरपालिका भित्रका माविप्रविधि मैत्री भईसकेको भन्दै निमावि र प्राविलाई पनि प्रविधि मैत्र ीबनाउने अभियानमा रहेकाले ल्यापटप प्रदान गरिएको बताउनु भयो । ल्यापटप वितरण गरिएका विद्यालयका शिक्षकलाई आवश्यकता अनुसार तालिम पनि उपलब्ध गराईने उहाँले बताउनुभयो ।
नगरपालिका भित्रका ५८ वटै सामुदायिक बिद्यालयलाई प्रविधियुक्त बनाउनको लागि विगतका बर्षहरु देखि ल्यापटप वितरण गर्दै आईरहेकाले नपुगेका बिद्यालयमा ल्यापटप गरेका शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाधर बवालले बताउनु भयो । कारोनाको समय देखिनै नगरपालिकाले सबै बिद्यालयमा वैकल्पिक सिकाईलाई जोड दिदै आएकाले बिद्यार्थीलाई अनलाइन माध्याममा जोडनको लागि पनि ल्यापटप वितरण गर्दै आईरहेको बताउनु भयो ।





.jpg)