ट्रेण्डिङ

होमपेज / शिक्षा

भुक्तानी नपाएको भन्दै सल्यानको एक विद्यालयमा निर्माण व्यवसायीको ताला

  सल्यान खबर २०७९ चैत्र ३ गते शुक्रबार १६:२२:१३ मा प्रकाशित

 चैत ३,सल्यान 

सल्यानको एक विद्यालयमा भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रामा रहेको जनता माध्यमिक विद्यालयमा निर्माण व्यवसायीले शुक्रवार तालाबन्दी गरेका हुन । 

 जिज्ञासु वि.सी. निर्माण सेवाले प्राविधिक इस्टिमेट बमोजिम भवन कार्य सम्पन्न भएको ६ महिना भन्दा बढी भइसक्दा समेत अन्तिम भुक्तानी नभएको भन्दै तालाबन्दी गरेको हो । आठ र चार कोठे दुई भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत अन्तिम भुक्तानीका लागि पटक पटक विद्यालय प्रशासनलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको जिज्ञासु बि.सी निर्माण सेवाका दामोदर वलीले जानकारी दिनु भयो ।

 विद्यालयमा पठन पाठनमा समस्या नहोस् भनेर २०७९ असोज ६ गतेदेखि नव निर्मित भवन विद्यालयलाई प्रयोग गर्न दिएको भएपनि भुक्तानीमा ढिलाइ हुँदा नवनिर्मित भवनमा ताला लगाउनु परेको उहाँको भनाई छ ।

 कानुन बमोजिम फाइनल बिल भुक्तानी नहुँदासम्म भवनको सम्पूर्ण जिम्मेवारी निर्माण कर्ताको हुने र विद्यालयले भवन प्रयोग गरेको मिति देखि बिल भुक्तानी हुँदासम्मको पाउनु पर्ने हर्जाना बापतको ब्याज सहित उपलब्ध गराइदिन विद्यालयलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top