होमपेज / शिक्षा
फागुन २८,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ आपचौरमा रहेको महेन्द्र माध्यमिक विद्यालय आपचौरको ४ कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधारको ५० लाख रुपैयाम्को लागतमा विद्यालय भवन निर्माण हुन थालेको हो ।
शनिबार नगर प्रमुख कर्ण बहादुर बुढाथोकी र उप प्रमुख पुरुषोत्तम आचार्यले भवनको शिलान्यास गर्नु भएको छ । भवन शिलान्यास गर्नु हुँदै प्रमुख बुढाथोकीले विद्यालयको भौतिक वातावरण सुधार सङ्गै शैक्षिक सुधारमा लाग्न अनुरोध गर्नु भएको छ । अहिले शिक्षा बिना कुनै काम अगाडि बढ्न नसकिने र त्यसको लागि भवन पनि एउटा महत्त्वपूर्ण भएको उहाँको भनाई छ । पछिल्लो चरण शिक्षा क्षेत्रमा आएका समस्याहरुलाइ समाधान गर्न आफुले नगर सरका बाट त्यसको पहल गरिरहेको समेत बताउनु भएको छ ।
्उप प्रमुख पुरुषोत्तम आचार्य , प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, ११ न वडा अध्यक्ष वीर बहादुर बुढा इन्जिनियर महेश देवकोटा लगाएतको उपस्थिति रहेको थियो भने शनिबार मात्र आपचौर माझकाडा सडक र निगाल्चुला दुरुमखोला सडक सम्भाब्य अध्ययन लगाएतका विभिन्न योजनाहरुको अनुगमन समेत गरिएको थियो ।





.jpg)