ट्रेण्डिङ

होमपेज / शिक्षा

त्रिभुवन जनता माविको ४७ औं वार्षिकोत्सव सप्पन्न

  सल्यान खबर २०७९ फाल्गुण २१ गते आइतबार २१:४६:३२ मा प्रकाशित

फागुन  २१ ,सल्यान । श्री त्रिभुवन जनता माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । आइतबार भेलालाई बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गर्नु  भएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै  नगरप्रमुख बुढाथोकीले  नगरपालिकाको भित्रका शिक्षा क्षेत्रमा भने जसरी काम गर्न नसकिए पनि अब त्यसलाई तिब्र गतिमा अगाडि बढाउन पहल गरिरहेको बताउनु भयो । सक्षम सफल नेतृत्व व्यक्ति अभिभावक भेलाबाट छनोट गर्न सुझाव दिनु भएको छ ।

विद्यालयको समस्या समाधान गर्न तिर आफ्नो ध्यान जाने समेत उहाँको  भनाइ  छ । उहाले भन्नू भयो विगतमा केही समस्या भएपनि अब त्यसलाई सच्याएर जानु पर्छ , आफ्नो शिक्षा पहिलो प्राथमिकता रहेको छ ।

नगर उप प्रमुख पुरुषोत्तम आचार्यले शिक्षकले मात्र गुणस्तरीय शिक्षा दिन नसक्ने त्यसको लागि अभिभावकले पनि आआफ्ना छोराछोरीले विद्यालयमा गएर के पढे शिक्षकले राम्रो सङ्ग पढाउनु भएको कि नाइँ त्यसको निगरानी अनुगमन गर्नु पर्ने समेत बताउनु भएको छ अनि त्यसरी नै शिक्षा क्षेत्रमा सबैको हातेमालो गर्दै सुधार गर्न सकिने समेत बताउनु भयो । 

विद्यालयको वार्षिक उत्सवका अवसरमा विभिन्न विद्याका प्रतियोगि विद्यार्थीहरुलाइ मेडल र प्रमाण पत्र पुरस्कार वितरण गरिएको थियोे । इन्द्रा मेघा स्मृति अक्षकाेषबाट कक्षा १२ बाट सृष्टि शाह, सुशील वुढाथाेकि कक्षा ११ बाट लिलधरी वुढाथाेकि, कक्षा ९ बाट युवराज विसि, गाेल्मा वस्नेत, कक्षा ७ बाट रितु विष्टलाइ ३ हजारका दरले पुरस्कृत गरिएको छ ।

शिक्षक तर्फ राम्रो काम गरेवापत शिक्षिका सरिता सिंह र पुर्ण प्रसाद जैसिलाइ कदर प्रत्र सहित सम्मानित गरेको छ । बिध्यालयका प्रधानध्यापक गुमान सिह बिष्टले बिध्यालयको वार्षिक निति तथा कार्यक्रम र आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष तिलाराम बुढाथोकी अध्यक्षतामा भएको कार्यक्रम सन्चालन शिक्षक विरेन्द्र शाहिले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top