ट्रेण्डिङ

होमपेज / समाज

हावाहुरीले विद्यालयको छाना उडाउँदा ५ लाख बराबरको क्षति

  प्रकाश शर्मा २०७९ बैशाख १७ गते शनिबार १३:५६:३३ मा प्रकाशित

वैशाख १७,सल्यान 
सल्यानमा गएराती आएको हावाहुरीले विद्यालयको छाना उडाउँदा झन्डै ५ लाख बराबरको क्षति भएको छ । जिल्लाको दार्मा गाउँपालिका २  भुवनटाकुरी स्थित बालकल्याण माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो । 

दुई गोठे भवनको छाना हावाहुरीले उडाएको विद्यालयका प्रधानाध्यापक कवि कुमार चन्दले जानकारी दिए । हावाहुरीले विद्यालयको छानासँगै, सोलारपाता, ५ वटा कम्युटर, १ प्रिन्टरमा क्षति पु¥याएको उनको भनाई छ ।

कम्युटर ल्याव रहेको भवनको छाना उडाउँदा बढी क्षति भएको उनको भनाई छ । हावाहुरीले कम्युटरमा  क्षति पु¥याएपछि नयाँ शैक्षिक सत्रमा कम्युटर शिक्षा पढाउन समस्या आउने उनले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top