ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एक जंगलमा वृद्धको शव फेला

  प्रकाश शर्मा २०७९ बैशाख १५ गते बिहीबार १८:१४:५७ मा प्रकाशित

प्रकाश शर्मा वैशाख १५,सल्यान 
सल्यानमा एक वृद्धको शव फेला परेको छ । बिहीबार जिल्लाको दार्मा गाउँपाकिला ५ बागखोरमा रहेको घट्टेखोला सामुदायिक वनको भीरमा शव फेला परेको हो । 

शव दार्मा गाउँपालिका ५ तीनपोखरीका ७४ वर्षीय गगन खड्काको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वैशाख ३ गते साँझ घरबाट हराएका उनको सडकबाट करिब ७ सय मिटर तल  सडेगलेको अवस्थामा शव फेला परेको हो । 

बाटोमा हिड्ने क्रममा गहनाए पछि खोजी गर्ने क्रममा स्थानीयले शव फेला पारेका थिए । वृद्धको कपडा र चप्पलको सहयोगले परिवारले शव पहिचान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ । थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top